१४औ एन प्याव्सन खेलकुद महोत्सव : कास्की मोर्डनाइज्ड च्याम्पियन

पोखरा स्पोर्टस । नेशनल प्याव्सन कास्कीको आयोजना गरेको १४ औ एन प्याव्सन खेलकुद महोत्सवमा कास्की मोडनाइज्ड एकेडेमी च्याम्पियन भएको छ ।

एक साता लामो चलेको खेलकुद महोत्सवमा कास्की मोडनाइज्ड एकेडेमीले १ सय ७५ अंकका साथ च्याम्पियन वनेको हो । यस वर्ष बाट सुरू भएको रनिङ शिल्ड कास्की मोर्डनाइज्डले हात पारेको छ । चाँदी जडित १ लाख २५ हजारमा बनेको आकर्षक रनिङ शिल्ड कास्की मोडनाइज्ड एकेडेमीलाई प्रदान गरिएको हो ।

कास्की मोर्डनाइज्डले यो सहित एन प्याव्सन खेलकुद महोत्सवमा लगातार १४ पटक नै च्याम्पियन बनेको छ । कास्की मोर्डनाइज्डले यस अघि चार पटक शिल्ड माथी कव्जा जमाएको छ ।

त्यसैगरी त्रिवेणी पब्लिक १ सय ५८ अंकका साथ द्वितीय भयो भने सिद्धार्थ लभडेल बोर्डिङ स्कुल १ सय १२ अंकका साथ तृतीय भयो ।

समापन कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले खेलकुदको विकासमा एन प्याव्सनले गरेको यो महोत्सवले ठूलो टेवा मिलेको बताए ।

यस क्षेत्रको खेलकुद विकासका लागि प्रदेश सरकारको स्रोत र साधन प्रयोग गरि खेलकुदका संरचाना निर्माणमा तिव्रता दिएको बताउँदै पोखरालाई खेलकुदको हवको रुपमा विकास गर्ने उल्लेख गरे ।

विद्यार्थीहरुको मनोबल उच्च राख्नका लागि खेलकुदलाई अतिरिक्तमा मात्र नभई पढाईसँग अभिन्न अंगमा रुपमा लैजान सुझाव उनले सुझाव दिए ।

नेशलन प्याव्सनका पूर्व केन्द्रीय अध्यक्ष कर्ण बहादुर शाहीले एन प्याव्सन कास्कीले गरेको हरेक गतिविधि उत्कृष्ट रहेको बताए ।

यसअघि कास्की मोर्डनाइज्ड एकेडेमी र गण्डकी एकेडेमी कास्कीबीच भएको फाइनल खेलमा ३–० ले कास्की मोडनाइज्ड एकेडेमी विजयी भएको थियो । 

त्यस्तै एथलेटिक्स तर्फ कास्की मोडनाइज्ड एकेडेमी प्रथम, हेम्जा वोर्डिङ स्कुल दोस्रा तथा चिल्ड्रेन्स एकेडेमी र लिटल फ्लावर एजुकेशनल एकेडेमी तेस्रो भए ।

खेलकुद महोत्सवमा ४६ विद्यालयका लगभग ८ हजार ५ सय खेलाडीविद्यार्थी (झण्डै ४ हजार ६ सय छात्र र ३ हजार ९ सय छात्रा) मैदानमा प्रतिस्पर्धाका गरेका थिए ।

जुनियरतर्फ १ हजार १ सय ५० छात्र र १ हजार १ सय ५० छात्रा, सिनियर तर्फका खेलमा ३ हजार २०० छात्र र २ हजार ६०० छात्राले सहभागी जानएका थिए ।

त्यसै गरी कक्षा ११ र १२ तर्फ २ सय ५० छात्र र १ सय ५० छात्राले प्रतिस्पर्धा गरेका थिए । जुनियर छात्र–छात्रा (१–७) तर्फ १०० मिटर, २०० मिटर, ४०० मिटर, १००×४ मिटर दौड, लङजम्प, हाइजम्प, ह्याण्डबल, सिङ्गल व्याडमिन्टन, टेबलटेनिस रहेको थियो ।

त्यसैगरी सिनियर छात्र–छात्रा तर्फ १०० मिटर, २०० मिटर, ४०० मिटर ८०० मिटर १००×४ मिटरको दौड रहेको छ भने छात्र तर्फ १५०० मिटरको दौड रहेको थियो । कक्षा ११ र १२ को छात्र तर्फ फुटसल र बास्केटबल तथा छात्रा तर्फ बास्केटल प्रतियोगिता रहेको थियो ।

त्यस्तै सडक दौड, क्रिकेट हाइजम्प, लङजम्प भलिवल, व्याडमिन्टन, टेबलटेनिस, बास्केटबल र छात्र तर्फ  फुटबल र छात्रा तर्फ सेभेन ए साईड प्रतियोगिता रहेको थियो ।

२०५५ सालमा स्थापना भएको एन प्याव्सनमा हाल ४९ विद्यालय आवद्ध रहेका छन् ।

नेशनल प्याव्सन कास्कीका अध्यक्ष अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव प्रेमराज अधिकारीले समेत आफ्ना भनाई राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close