
पोखरा स्पोर्टस । टिम टेनिस नेपाल जुनियर प्रिमियर टेनिस प्रतियोगितामा सम्पन्न यू–१२ को फाइनलमा पोखराका दर्शिल श्रेष्ठ च्याम्पियन बनेका छन ।
टिम टेनिस नेपालद्वारा आयोजित प्रतियोगिताको यु–१२ ब्वाइज सिंगल्स फाइनलमा दर्शिल श्रेष्ठले श्रृजन भट्टराईलाई ६–३ र ७–६ (५) ले हराउदै पहिलो भएका हुन । सोही स्पर्धाको गर्ल्स फाइनलमा समृद्धि महर्जनले कर्मिस्था श्रेष्ठलाई ६–२ र ७–५ ले पन्छ्याउदै शीर्ष स्थान कब्जा गरिन् । यता अकी जुवेन रावत र सोन्जा टिम टेनिस नेपाल जुनियर प्रिमियर टेनिस प्रतियोगितामा बिहीबार च्याम्पियन बनेका छन् । यु–१६ सिंगल्सको ब्वाइजमा अकी र गर्ल्समा सोन्जा पहिलो भएका छन ।
धापाखेल टेनिस कोर्टमा भएको फाइनलमा अकीले आरभसम्राट हाडालाई ६–२, ५–७ र ७–६ (५) तथा सोन्जाले सर्वानी श्रेष्ठलाई ६–० र ६–४ को सेटमा पराजित गरे । ब्वाइज यु–१४ मा अराभसम्राट हाडाले स्वर्ण जिते । उनले एकपक्षीय फाइनलमा सक्षम शाहमाथि ६–० र ६–० को सहज जित दर्ता गरे । त्यसै स्पर्धाको गर्ल्स फाइनलमा सुनिरा थापाले प्रशंसा मोक्तानलाई ७–५ र ६–२ ले निराश पार्दै पहिलो भइन् ।
ब्वाइज डबल्स फाइनलमा आरभसम्राट हाडा र अकी जुवेन रावतको जोडीले आयुशमान घले र स्लोक खड्काको जोडीलाई ६–१ र ६–० को सोझो सेटमा सहजै पाखा लगाउदै पहिलो बने । उक्त स्पर्धाको गर्ल्स फाइनलमा इशाश्री शाह र सर्वानी श्रेष्ठको जोडीले इभा अधिकारी र आइशा गुरुङको जोडीलाई ६–२ र ६–३ को नतिजामा पराजित गर्दै पहिलो स्थान हात पारे ।
त्यसै गरी पोखराका नेहालजङ थापाले यू-१६ मा काश्य, यू-१० मा स्पनन्दन उदासले काश्य, यू-८ मा शूभान केसीले काश्य, यू-८ मा नै गर्ल्सतर्फ रित जैनले काश्य र डवल्समा दर्शिल श्रेष्ठ र सास्वत व्रर्जाचार्यको जोडी, पोखराका गृवाण जङ थापा र काठमाडौका प्रशिद्ध मोक्तानको जोडीले काश्य पदक हात पारेको नविन श्रेष्ठले जनाएका छन ।
