हाप्कीडोलाई दशौं राष्ट्रिय खेलकुदमा समावेश गर्छौ–खेलकुद मन्त्री चौधरी

पोखरा स्पोर्टस । संघिय सरकारका यूवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले आसन्न दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा हाप्कीडो खेललाई समावेश गर्ने बताएका छन् ।

पोखरामा सोमबार साँझ नेपाल हाप्कीडो संघ गण्डकी प्रदेशको साधारण सभालाई सम्वोधन गर्दै सो कुरा बताएका हुन् ।

मन्त्री चौधरीले हाप्कीडो खेलले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा आफ्नो क्षमता प्रदर्शन गरेको बताउँदै १० औं राष्ट्रिय खेलकुदमा हाप्कीडोलाई समावेश गर्न छलफल सुरू भएको अवगत गराउँदै मन्त्री चौधरीले १० औं राष्ट्रिय खेलकुदमा हाप्कीडो समावेश हुने विश्वास दिलाउने बताउँदै भने–“यहाँहरुले विभिन्न देशहरुमा गएर नेपालको झण्डालाई माथी उठाउने काम गर्नुभएको छ । प्रस्ताव पाइसकेको छु । यहाँहरुको प्रस्ताव सम्वन्धित ठाउँमा गइसेकेको छ । खेलकुद मन्त्रीको भनाईको नाताले विश्वास गर्नुहोस ।”

सुर्खेतमा हुने १० औं राष्ट्रिय खेलकुदमा भौतिक पूर्वाधारको अवस्थालाई हेरेर हाप्कीडो खेल कहाँ आयोजना हुने निर्णय गर्ने जनाउँदै केही दिन भित्रै सबैले जानकारी पाउने उनको भनाई थियो । 

कार्यक्रमा मन्त्री चौधरीले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा हाप्कीडो खेलमा बिजेता खेलाडीलाई खेलकुद पोशाका र सम्मान पत्र समेत प्रदान गरे ।

सोही कार्यक्रममा बोल्दै नेपाल हाप्कीडो संघका केन्द्रिय अध्यक्ष काली बहादुर घर्ती मगरले नेपाली हाप्कीडो खेल सात वटै प्रदेश र ६८ जिल्लामा विस्तार भएको जनाउँदै नेपाल भर २ हजार १ सय भन्दा बढि विद्यालयमा समेत प्रशिक्षण सुरू भएको जानकारी दिए ।

नेपाल हाप्कीडो संघ गण्डकी प्रदेशको साधारण सभा अध्यक्ष खेम बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close