
पोखरा स्पोर्टस । कास्की जिल्ला एथलेटिक्स संघको अध्यक्षमा गज बहादुर गुरूङ निर्वाचित भएका छन् ।
संघको सोमबार पोखरामा सम्पन्न अधिवेशनले उनलाई अध्यक्षमा निर्वाचित गरेको हो । कास्की जिल्ला खेलकुद विकास समितिका अनुसार संघको वरिष्ठ उपाध्यक्षमा हरि बहादुर थापा, उपाध्यक्षमा जीवन बाटाजू, सचिवमा सिद्धान्त अधिकारी र कोषाध्यक्षमा गोप बहादुर अधिकारी निर्वाचित भए ।
त्यसै गरी कार्यसमिति सदस्यमा राम बहादुर ढकाल, मनिषा अधिकारी, ऋषि सरा थापा, हरि प्रसाद तिमिल्सिना, राजु कुँवर, चोक बहादुर गुरुङ र भगवान थापा निर्वाचित भएका छन् ।
