काभा मेन्स भलिबल च्याम्पियनसिप : गण्डकी, क्लब एचडिसी माल्दिभ्स संग भिडदै (खेल तालिका)

पोखरा स्पोर्टस । काठमाण्डौमा भोलीबाट सुरु हुने काभा मेन्स भलिबल च्याम्पियनसिपमा गण्डकी प्रदेश भलिबल संघले मालदिभ्सको एचडिसी क्लबको सामना गर्ने भएको छ ।

नेपाल भलिबल संघले शुक्रबार जारी गरेको खेल तालिका अनुसार भोली (शनिबार) गण्डकी र एचडिसी क्लब मालदिभ्स पहिलो दिनको दोस्रो खेलमा भिड्ने पक्का भएको हो । उद्घाटन खेल भने कालिकट हिरोज (भारत) र हेल्प नेपाल स्पोर्टस क्लब (नेपालका बिच हुने भएको अन्तर्राष्ट्रिय भलिबल रेफ्रि टहल सिंह थापा मगरले पोखरा स्पोर्टलाई जानकारी दिएका छन् ।

गण्डकीले मंसिर २३ गते हुने पहिलो खेलमा हेल्प नेपाल स्पोर्टस क्लब, मंसिर २४ गते कालिकट हिरोज भारत संग खेल्नेछ । २५ गते भने कुनै खेल हुनेछैन । सो दिन रेष्ट डे हुने खेल तालिकामा जनाइएको छ । त्यसै गरी मंसिर २७ गते गण्डकीले लिग अन्तर्गतको अन्तिम खेल भारतको कालिकट संग खेल्नेछ ।

खेल तालिका अनुसार मंसिर २८ गते तेस्रो र चौथो स्थानका लागि खेल हुनेछ भने मंसिर २९ गते फाइनल खेलसहित तेस्रोस्थानका लागि प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा इरनाको चादोरमालु क्लब, भारतको कालिकट हिरोज, मालदिभ्सको एचडिसी क्लब र नेपाली दुई क्लब हेल्प नेपाल स्पोर्टस क्लब र गण्डकी प्रदेश भलिबल संघको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close