
पोखरा स्पोर्टस । काभा मेन्स च्याम्पियनसिपमा सहभागि हुन गण्डकी प्रदेश भलिबल टिमका भारतिय सदस्य टोली नेपाल आइपुगेको छ । बिहिबार साँझ काठमाण्डौ आइपुगेको टोलीका सदस्यहरुलाई प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिब श्रीधर शर्माले काठमाण्डौस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिआइपी कक्षमा स्वागत गरेका थिए । त्यसै गरी उनीहरुलाई गण्डकी प्रदेश भलिबल संघका कार्यबहाक अध्यक्ष राजेन्द्र जिशी, महासचिब टहलसिंह थापा मगर र टिमका मुख्य प्रशिक्षक रमेश केसीले स्वागत गरेका थिए ।

काभा मेन्स भलिबल च्याम्पियनसिपमा गण्डकीको टोलीमा भारतीय खेलाडीहरु हिमांशु त्यागी, साहिल कुमार र प्रिन्सलाई समावेश गरिएको छ । भारतिय खेलाडी हिंमाशु चेन्नई विल्ट्जका खेलाडी हुन् । आउटसाइड हिटर हिंमाशु यू२३ एशियन च्याम्पियनसिप २०१९ मा भारतिय टोलीमा समावेश थिए । उनी चेन्नई बिल्ट्जबाट भारतको प्राइम भलिबल लिग खेल्ने गर्छन ।
भारत हैदारबाद ब्ल्याक हक्स टिमका सदस्य साहिल कुमारले प्राइम भलिबल लिग खेलेका छन् । त्यस्तै प्रिन्स समेत हैदारबाद ब्ल्याक हक्स टिमका सदस्य हुन् । उनले सन २०२३–२४ को प्राइम भलिबल लिग खेलेका छन् ।
काभा मेन्स भलिबल च्याम्पियनसिप भोलीबाट सुरु हुँदैछ । गण्डकी उद्घाटन खेलमा तय भइसकेको छ ।
गण्डकी खोम प्रसाद पाण्डे ‘हरि’को कप्तानीमा मैदानमा उत्रिने छ । त्यसै गरी आउट साइड हिटरमा रवि केसी र सरोज वर्देवा, सेटरमा विवश आले, दुर्गा प्रसाद महतो र राजन थापा, मिडल ब्लकरमा हिमाल सुनारी, हरि बहादुर अधिकारी र इन्द्र बहादुर विक तथा लिवेरोमा कुन्जन शाही ठकुरी र ईश्वर थापा रहेका छन् ।
त्यसै गरी टिमको मुख्य प्रशिक्षकमा, रमेश केसी, सहायक प्रशिक्षकमा शंकर गुरुङ र उत्तम थापा, टिम व्यवस्थापकमा टुक बहादुर गुरुङ र फिजियोमा डा। अनुप रहेका छन् ।
यसै बीच काभा मेन्स च्याम्पियनसिपमा सहभागि हुन काठमाण्डौ गएको टोलीले आफ्ना मुख्य प्रशिक्षक रमेश केसी र टिमका सदस्य हिमाल सुनारीको जन्मोत्सव समेत मनाएको छ ।

