नेपालमा ब्याडमिन्टनको इन्टरनेशनल च्यालेन्ज २०२४ आयोजना हुने

पोखरा स्पोर्टस । नेपाल ब्याडमिन्टन संघको आयोजनामा काठमाडौंमा अन्तर्राष्ट्रिय प्रतियोगिता हुन भएको छ ।

संघका कोषाध्यक्ष तिलक पाण्डेले दिएको जानकारी अनुसार डिसेम्बर २३ देखि २६ तारिख सम्म नेपाल इन्टरनेशनल च्यालेन्ज २०२४ आयोजना हुनेछ ।

यो प्रतियोगिता सकिएको भोलिपल्टैदेखि नेपाल इन्टरनेशनल जुनियर प्रतियोगिता आयोजना हुनेछ ।

वर्ल्ड ब्याडमिन्टन र ब्याडमिन्टन एशियाको प्रायोजन र राष्ट्रिय खेलकुद परिषद् राखेपको सहयोगमा हुन लागेको प्रतियोगितामा नेपालसहित २२ देशका खेलाडीले सहभागिता जनाउने छन् ।

उक्त प्रतियोगितामा नेपालसहित भारत, बंंगलादेश, अमेरिका, क्यानडासहित २२ देशले सहभागिता जनाउने कोषाध्यक्ष पाण्डेले जानकारी दिए ।

दुवै प्रतियोगिताका महिला र पुरुष खेलाडीलाई पुरस्कार प्रदान गर्दा मात्रै १५ हजार डलर खर्च हुनेछ ।

सिङ्गल्स र डबल्सका विजेताले १२ सय डलर प्राप्त गर्दा उपविजेताले ७२०, सेमिफाइनल पुगेकाले ३०० र क्वाटरफाइनलमा पुगेकाले १२० डलर पुरस्कार पाउने छन् ।

प्रतियोगिता राखेपबाट मान्यता नपाएको नेपाल ब्याडमिन्टन संघले आयोजना गर्ने भएको हो । राखेपले वर्तमान नेतृत्वलाई मान्यता नदिए पनि मुख्य सहयोग भने राखेपले नै गर्ने भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close