
पोखरा स्पोर्टस । संघिय सरकारका यूवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी मंगलबार पोखरा आएका छन् ।
पोखरामा बुधबार एक विद्यालयहरुको छाता संस्थाले आयोजना गर्ने एक खेलकुद कार्यक्रमको उद्घाटनका लागि उनी पोखरा आएका हुन् ।
पोखरा आएका मन्त्री चौधरीलाई प्रदेश खेलकुद परिषदका सदस्य सचिब श्रीधर शर्मा, जिल्ला खेलकुद विकास समिति कास्कीका पदाधिकारीहरु, कर्मचारी, स्काउटलागयतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।
मन्त्री चौधरीले बुधबार पोखरा रंगशालाको स्थलगत अनुथमन गर्ने तय भएको प्रदेश खेलकुद परिषदका सदस्य सचिब श्रीधर शर्माले जानकारी दिएका छन् । मन्त्री चौधरीले प्रदेशका विभिन्न खेलकुद संघका पदाधिकारीहरु र खेल क्षेत्रकाहरु संग समेत भेट गरी छलफल गर्ने तय भएको सदस्य सचिब शर्माले जानकारी दिए ।
