
पोखरा स्पोर्टस । उच्च अदालतले नेपाल ओलम्पिक कमिटि (एनओसी)लाई आसन्न साधारण सभा नर्गन अन्तरिम आदेश जारी गरे पछि राष्ट्रिय खेलकुद परिषद (राखेप)ले समेत सो आदेशको कार्यान्वयन गर्न एनओसीलाई पत्रचार गरेको छ ।
राखेपले एनओसीलाई मंगलबार गर्ने भनिएको एनओसीको साधारण सभा नगर्न पत्रचार गरेको हो । एनओसीले भोली मंगलबार विधान संशोधनका लागि तय भएको विशेष साधारण सभा बोलाएको थियो ।
एनओसीले अध्यक्ष र महासचिव पदमा २ कार्यकाल बढाएर चार वर्ष गर्न लागेको थियो । सो संसोधनलाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि (आइओसी)ले भने मान्यता दिइसकेको छ । एक वर्ष अघि नै पदावधि सकिएको एनओसीले आफुखुसी विशेष साधारण सभा गरी एक वर्ष कार्यकाल बढाएको थियो । विशेष साधारण सभा बारे एनओसी मौन समेत बसेको थियो । सो विशेष साधारण सभा गर्न एनओसी अध्यक्ष र महासचिव श्रेष्ठद्वयले अहम भूमिका खेलेको बताइन्छ । आइओसी, एओसी र अन्य अन्तर्राष्ट्रिय संस्थाहरुमा समेत उनीहरुले राम्रो पकड बनाएका छन् ।
नेपालको राजनितिक समिकरण फेरिए संगै एनओसीमा समेत विगतमा अध्यक्ष जिवनराम श्रेष्ठ निकटकाहरु समेत टाढिन थालेका छन् भने उनी निकट रहेका हालका महासचिव निलेन्द्रराज श्रेष्ठले अध्यक्ष पदमा दावेदारी पेश गरेका छन् । अध्यक्ष श्रेष्ठ नेकपा एस निकट हुन् भने महासचिव श्रेष्ठ माओवादी निकट हुन् ।
उच्च अदालत पाटनमा नेपाल रग्बी संघ समेतले ०८१–डब्लुओ–१०३१ उत्प्रेषण/परमादेश समेतको रिट दायर गरेको थियो । उच्च अदालत पाटनले विशेष साधारण सभा गर्दा रिट निवेदकहरुको विचाराधिन मुद्धामा समेत प्रतिकूल असर पर्न सक्ने जनाउँदै विधान संशोधन नगर्नु/नगराउनु भन्ने आदेश भए बमोजिम राखेपले पत्रचार गरेको जनाएको छ ।
एनओसीले अध्यक्ष र महासचिव पदमा २ कार्यकाल बढाएर चार वर्ष गर्न लागेको थियो । सो संसोधनलाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि (आइओसी)ले भने मान्यता दिइसकेको छ । एक वर्ष अघि नै पदावधि सकिएको एनओसीले आफुखुसी विशेष साधारण सभा गरी एक वर्ष कार्यकाल बढाएको थियो ।
नेपालको राजनितिक समिकरण फेरिए संगै एनओसीमा समेत विगतमा अध्यक्ष जिवनराम श्रेष्ठ निकटकाहरु समेत टाढिन थालेका छन् भने उनी निकट रहेका हालका महासचिव निलेन्द्रराज श्रेष्ठले अध्यक्ष पदमा दावेदारी पेश गरेका छन् । अध्यक्ष श्रेष्ठ नेकपा एस निकट हुन् भने महासचिव श्रेष्ठ माओवादी निकट हुन् ।
