पोखरा वडा नं ८ विद्यालयस्तरीय सेपाक ताक्रोमा जनप्रिय बिजयी

पोखरा स्पोर्टस । पोखरा महानगर पालिका वडा नं ८ विद्यालयस्तरीय सेपाक ताक्रोमा जनप्रिय मावि बिजयी भएको छ ।

पोखरा महानगर पालिका वडा नं ८ को सहयोग तथा गण्डकी प्रदेश सेपाक ताक्रो संघको संयोजनमा सम्पन्न प्रतियोगितामा जनप्रिय माविले छात्र–छात्रा दुबैतर्फ जित हात पारेको हो ।

प्रतियोगितामा छात्रतर्फ जनप्रिय मावि ‘बी’ प्रथम, जनप्रिय मावि ‘ए’ दोस्रो र सरस्वती मावि तेस्रो भएको ा गण्डकी प्रदेश सेपाक ताक्रो संघका अध्यक्ष श्याम बहादुर श्रेष्ठले जानकारी दिए ।

त्यसै गरी छात्रातर्फ जनप्रिय मावि प्रथम, सरस्वती इङलिश बोर्डिङ स्कुल दोस्रो, अमर ज्योती मावि तेस्रो भएका छन् ।

प्रतियोगितामा वडा नं ८ मा अवस्थित १२ विद्यालय मध्ये छात्रातर्फ ७ र छात्रतर्फ ९ विद्यालयको सहभागिता रहेको थियो ।

बिजयी खेलाडी तथा टिमलाई पोखरा वडा नं ८ का अध्यक्ष रुद्रनाथ बरालले मेडल, ट्रफी तथा प्रमाणपत्र वितरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close