१० औं राष्ट्रिय खेलकुद फागुनको दोस्रो साता ! राखेपको बोर्ड बैठक सर्‍यो

पोखरा स्पोर्टस । १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता फागुनको दोस्रो साताबाट सुरू गर्ने गरी आन्तरिक छलफल भएको छ ।

राष्ट्रिय खेलकुद प्रतियोगिता लगायत विभिन्न ६ वटा प्रस्तावसहित शुक्रबार (आज) हुने भनिएको राष्ट्रिय खेलकुद परिषद (राखेप)को बोर्ड बैठक गणपुरक संख्या पुग्न नसक्दा स्थागित भएको छ । ३७ सदस्यिय भएको राखेपको बोर्ड बैठकमा १७ जनाको मात्रै उपस्थिती भए संगै अर्को बैठक मंसिर २१ गतेका लागि तोकिएको हो ।

गणपुरक संख्या अनुसार कम्तिमा १९ जना उपस्थित हुनुपर्ने बैठकमा १७ जना मात्रैको उपस्थिती भए पछि फागुन २१ गतेका लागि हाल राखेपमा रहेका ३३ प्रतिशत सदस्यको उपस्थिती रहने गरी बैठक बोलाइएको छ ।

यसै बीच खेलकुदका विभिन्न समसामयिक विषयहरु टुङ्गयाउने गरी बोलाइएको बैठक स्थगित भए संगै यूवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, राखेपका सदस्य सचिब टंकलाल घिसिङ, सातै प्रदेशका सदस्य सचिब, तीन विभागका प्रतिनिधी सदस्यहरुहरुको प्रारम्भिक छलफलमा १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी फागुन १४ देखि २५ गते सम्म आयोजना गर्ने गरी तयारी सुरु गर्ने सहमति भएको प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिब श्रीधर शर्माले पोखरा स्पोर्टसलाई बताए । १० औं राष्ट्रिय खेलकुदमा सहभागि हुन चाहने खेलाडीहरुले लागि ७ वटै प्रदेशका जिल्ला खेलकुद विकास समिति र सम्वन्धित खेल संघ मार्फत फर्म भर्नका लागि समेत आह्वान गरिएको छ ।

“आज हुने भनिएको ११८ औं गणपुरक संख्याका कारण बोर्ड बैठक बस्न सकेन । तर हामी माननिय मन्त्रीज्यू सहित छलफलमा जुट्यौं । अब मंसिर २१ गते हुने बोर्ड बैठकमा १० औं राष्ट्रिय खेलकुद फागुन १४ गते देखि सुरू गर्ने गरी अघि बढ्ने सहमति भएको छ”, सदस्य सचिब शर्माले भने ।

यसै गरी मन्त्रालयमा भएको छलफलमा जिल्ला र प्रदेशस्तरीय राष्ट्रपति रनिङ्ग शिल्डका बारेमा समेत छलफल भएको र आवश्यक बजेटका लागि अर्थमन्त्रालयमा यथासिघ्र पठाउन यूवा तथा खेलकुद मन्त्रालयले पहल गर्ने बताए । राष्ट्रपति रनिङ शिल्ड माघ वा बैशाखमा गर्ने गरी मंसिर २१ गतेको बोर्ड बैठकले टुङ्गयाउने भएको सदस्य सचिब शर्माले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close