कास्की विद्यालय खेलकुद संघको अध्यक्षमा केसी, सचिवमा डा.पौडेल

पोखरा स्पोर्टस । पोखरामा सम्पन्न एक भेलाले कास्की जिल्ला विद्यालय खेलकुद संघ गठन गरेको छ ।

जिल्ला खेलकुद विकास समिति कास्कीको पहलमा सम्पन्न भेलाले अध्यक्षमा कृष्ण केसी र सचिबमा डा.टेक नारायण पौडेललाई चयन गरेको छ ।

गण्डकी प्रदेशमा नै पहिलो पटक गठन भएको नवगठित विद्यालय खेलकुद संघको उपाध्यक्षमा शिव प्रसाद भण्डारी, कोषाध्यक्षमा शर्मिला पौडेल पोख्रेल रहेका छन्

त्यसै गरी कार्यसमिति सदस्यमा हेमन्त अधिकारी, राजेश गुरुङ, आनन्दराज अधिकारी, कृष्ण प्रसाद सापकोटा, विग्नेश थापा, मन बहादुर कुंवर, मनकाजी गुरुङ र चिनु बहादुर रानाभाट रहेका छन् ।

विद्यालय खेलकुद संघ अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि (आइओसी)को एक अङ्ग समेत हो । अन्तर्राष्ट्रिय स्पोर्टस फेडेरेशन (आइएसएफ) मातहतको यो संस्थाले ११ देखि १८ वर्षका विद्यालयका विद्यार्थीहरूका लागि सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय ग्रासरुट्स र प्रतिस्पर्धात्मक कार्यक्रमहरू आयोजना गर्दछ ।

यो एक अन्तर्राष्ट्रिय गैर–नाफामूलक विद्यालय खेलकुद संगठन हो । यसको कार्यालय सन २०२४ मा स्विजरल्याण्डको लसानेमा रहेको छ। यो १९९५ देखि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिद्वारा मान्यता प्राप्त छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close