तेश्रो अन्तर्राष्ट्रिय आईकिडो आईकिकाई प्रशिक्षण गोष्ठी सम्पन्न

पोखरा, २८ फागुन । आईकिडो आइकिकाई संघ नेपालको आयोजनामा दुई दिने खेल प्रशिक्षण गोष्ठी सम्पन्न भएकोछ । गत साता संचालन भएको उक्त गोष्ठि काठमाण्डौमा सम्पन्न भएको हो ।

आईकिडो आइकिकाईले यसै वर्ष जापानको आईकिडो प्रधान कार्यालयबाट मान्यता प्राप्त गर्न सफल भएको हो । मार्सल आर्टको क्याटागोरीको सो खेल सन् १९३१ मा जापानका महागुरु मोरिहेइ उएसिवाले शुरुवात गरेका हुन् । नेपालमा भने सन् २००८ मा सिंगापुरबाट खेल कौशलका साथ नेपाल फर्केका अर्जुन श्रेष्ठले यो खेल भित्राएका हुन् । उनले यसै वर्ष पाँचौं डान प्राप्त गर्न सफल भएका छन् साथै प्रशिक्षक विनय कुमार श्रेष्ठ, खिमलाल पुन तेश्रो डान र सन्तोष राईले पहिलो डान प्राप्त गर्न सफल भएका छन् ।

आईकिडो आइकिकाई आत्मरक्षा, शान्त जीवन र स्वस्थ शरीरका लागि खेलिने लड्ने कलाको खेल भएको प्रशिक्षक विनय कुमार श्रेष्ठले बताएका छन । आईकिडो आइकिकाई, जापानको प्रधान कार्यालयबाट वरिष्ठ प्रशिक्षक माकोतो इतो (६ डान) नेपाल आएर प्रशिक्षण दिएका थिए । उक्त प्रशिक्षणमा अष्ट्रेलिया, जापान, सिंगापुर, यूएई, प्यालेष्टाइन र नेपालका विभिन्न प्रदेशका खेलाडीहरुको सहभागिता रहेको थियो ।

हालसम्म यस संघले पोखरा, काठमाण्डौ, तनहुँ र इटहरीमा खेलको प्रशिक्षण दिँदै आएको छ भने ५ सय भन्दा बढी पुरुष तथा महिला खेलाडीले आत्मरक्षाको निःशुल्क प्रशिक्षण लिइसकेको संघका उपाध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close