पोखरा एभेन्जर्सद्वारा कास्की क्रिकेट संघलाई ‘डकआउट’ हस्तान्तरण

आइसिसीका प्रतिनिधिले गरे निरिक्षण भ्रमण

पोखरा स्पोर्टस/तस्विर : सुदर्शन रञ्जित । नेपाल प्रिमियर लिग (एनपिएल)को टोली पोखरा एभेन्जर्सले कास्की जिल्ला क्रिकेट संघलाई डकआउट (खेलाडी बस्ने ठाउँ) हस्तान्तरण गरेको छ ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानलाई घरेलु मैदानको रुपमा लिएको एभेन्जर्सले मंगलबार डकआउट हस्तान्तरण गरेको हो । सोही क्रममा बोल्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले आइसिसीका प्रतिनिधिलाई पोखरामा २०२७ मा हुने विश्वकपका लागि के–के पुर्वाधारको आवश्यकता पर्ने हो त्यो बारेमा जानकारी दिन अनुरोध गरे ।

यसै बिच अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)का प्रतिनिधीहरुले पोखरा रंगशालास्थित पोखरा क्रिकेट खेल मैदानको निरिक्षण भ्रमण गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुर बहादुर चन्दसहित पोखरा आएको आइसिसीको टोलीले सन २०२७ मा हुने महिला विश्वकपका लागि पोखरा रंशगालाको क्रिकेट खेल मैदान निरिक्षण गरेको हो ।

आइसिसीको टोली आइसिसीका सिनियर म्यानेजर रोहित पोदार र एसिया रिजनका डेभलप्मेन्ट म्यानेजर मोहमद इमान्यूल इस्लाम रहेका छन् ।

निरिक्षणमा रहेको टोलीले मंगलबार गण्डकी प्रदेश सरकारका सामाजिक विकास, यूवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापा संग भेट गरेका छन् । भेटमा मन्त्री थापाले प्रदेश सरकार विश्वकपको खेल पोखरामा गर्न आतुर रहेको जनाउँदै सरकारकोतर्फ बाट सहयोग गर्ने जनाएको कास्की क्रिकेटका अध्यक्ष सिग्देलले पोखरा स्पोर्टसलाई जानकारी दिए ।

टोलीले गण्डकी प्रदेश सरकारका मन्त्री सुरेन्द्रराज पाण्डेलाई काठमाण्डौमा नै भेट गर्ने भएको अध्यक्ष सिग्देलले बताए ।

आइसिसी टोलीले पोखरा क्रिकेट खेल मैदानमा प्रतियोगिता गराउन तयार रहे पनि विश्वकपका लागि आवश्यक पूर्वाधारका लागि सरकारका तर्फबाट निर्माणको प्रतिवद्धता खोजेका छन् । यता पोखरा महानगर पालिकाका मेयर धनराज आचार्यले टोली संग भेट गरी महानगरको तर्फबाट गर्नुपर्ने कार्यका लागि आफू तयार रहेको प्रतिवद्धता जाहेर गरेका छन् ।

नेपाल सहआयोजकको रुपमा रहने सो विश्वकपका लागि पोखराको पुर्वाधार तयार पार्ने र पोखरामा समेत खेलको आयोजना गर्न सहयोग गरिदिन उनले आग्रह गरे ।

प्रादेशिक क्रीकेट संघ गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले तीन वर्ष पछि एनपिएलको होम अवे अवधारणा अनुसार पोखरामा समेत खेल हुने हुँदा सो खेल पर्खिरहेको बताउँदै संघले मिसन २०२७ लाई अघि बढाएको सुनाए । पोखरा एभेन्जर्सले डक आउट निर्माण गरि कास्की जिल्ला क्रीकेट संघलाई हस्तान्तरण गरेकोमा उनले खुसी व्यक्त गरे ।

पोखरामा प्रशिक्षणमा रहेको पोखरा एभेन्जर्स टिम मंगलबार काठमाण्डौ प्रस्थान गरेको छ । प्रस्थान गर्नु अघि टिमका प्रशिक्षक राजिव कुमारले छोटो प्रतिक्रिया दिंदै आफ्नो टिमले उत्कृष्ट प्रदर्शन गर्ने बताए । उनले पोखरा रंगशाला प्रशिक्षणका लागि उत्कृष्ट रहे पनि पूर्ण सुविधायूक्त नहुँदा समस्या रहेको जनाए । उनले ग्राउड स्टाफहरुले गरेको महत्वपूर्ण सहयोगको लागि आभार व्यक्त गर्दै टिमलाई समर्थन गर्न समेत आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close