माछापुच्छ्रेमा राष्ट्रपति रनिङ्ग शिल्ड सम्पन्न, ज्ञानज्योतिले जित्यो उपाधि

पोखरा स्पोर्टस । माछापुच्छ्रे गाउँपालिकाको आयोजनामा भएको माध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि माछापुच्छ्रे–४,लाहाचोकको ज्ञानज्योति बोर्डिङ स्कुले हात पारेको छ ।

पालिकाका १२ वटा विद्यालय सम्मिलित प्रतियोगितामा ५ स्वर्ण २ रजत र १ कास्य प्राप्त गरि उपाधि चुमेको हो । रनिङ्ग शिल्ड संगै विद्यालयले नगद १५ हजार र प्रमाणपत्र प्राप्त गरेको छ ।

यता ५ स्वर्ण १ रजत र ३ कास्या पाप्त गरि माछापुच्छ्रे मा.वि दोस्रो भएको छ । बराह मा.विले ४ स्वर्ण ७ रजत २ कास्यका साथ तेस्रो स्थान पाप्त गरेको छ । दास्रो र तेस्रो हुने विद्यालयले क्रमशः १० हजार, ७ हजार ५ सय रुपैयाँका साथमा ट्रफी पुरस्कार पाप्त गरेका छन् ।

उक्त प्रतियोगितामा अन्तर मा.वि भलिबल छात्रा/छात्र ,कबड्डी छात्रा/छात्र, एथलेटिक्स दौड ट्रयाक एण्ड फिल्डका सम्पूर्ण इभेन्टहरु,  मार्चपास लगाएतका खेलहरु सम्पन्न गरेको माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समिति सदस्य सचिव हुम बहादुर गुरुङले बताए ।

सरकारले विद्यालयको खेलकुद प्रतिभाको खोजि गर्दै सम्बर्द्धन प्रवर्द्धन गर्ने लक्ष्यसहित देशको संधिय संरचना अनुसार स्थानीय, प्रदेश र सघस्तरीय राष्ट्रपति रनिङ शिल्ड आयोजना गर्दै आएको छ । राष्ट्रपति रनिङ एक राष्ट्रिय स्तरको विद्यालयस्तरीय खेलकुद प्रतियोगिता हो ।

गाउँपालिका अध्यक्ष मिन ब. गुरुङको अध्यक्षतामा भएको समापन कार्यक्रममा पालिकाका शिक्षा यूवा तथा खेलकुद शाखा प्राविधिक साहायक विष्णु प्रसाद अधिकारीले समेत आफ्ना भनाई राखेका थिए ।

कास्कीमा रहेका ५ पालिका मध्ये माछापुच्छ्रे राष्ट्रपति रनिङ्ग शिल्ड सम्पन्न गर्ने पहिलो पालिका समेत बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close