सात सय कोल्मा बहाकोट क्रस कन्ट्रि पाँचौ संस्करणको तयारीमा

क्रस कन्ट्रिले बदलियो गाउँले जिवनको परिवेश–अध्यक्ष गुरुङ

पोखरा स्पोर्टस । स्याङजास्थित सात सय कोल्मा बहाकोटमा आयोजना हुने पाँचौ सस्करणको क्रस कन्ट्रिको तयारी सुरु भएको छ ।

सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चको आयोजनामा आगामी पौष ८ गते हुने क्रस कन्ट्रिको तयारी सुरु भएको संस्थाले जनाएको हो । खेलकुद मार्फत आन्तरिक र बाह्य पर्यटनलाई अघि बढाउन पाँच वर्ष अघि सुरु भएको क्रस कन्ट्रिमा विभिन्न ४ वटा इभेन्टमा प्रतिस्पर्धा हुने मञ्चका अध्यक्ष दुध प्रसाद गुरूङले पोखरा स्पोर्टसलाई जानकारी दिएका छन् ।

स्याङजा पुतलीबजार वडा नं ९ सात सय कोल्मा बहाकोटलाई खेलकुद मार्फत अघि बढाउन सुरु गरिएको क्रस कन्ट्रिले गाउँलेहरुको जिवन परिवेश फेरिएको मञ्चका अध्यक्ष दुध प्रसाद गुरुङले बताए । उनले भने–“गाउँमा पहिला शहर पस्ने चलन थियो । गाउँ रित्तिदैं थियो । यूवा विदेश जान्थे । तर अब यो चलन घट्दै गएको छ । शहर पसेका हरु समेत गाउँ फर्किन थालेका छन् । घर रङ्गयाएका छन् । वाताबरण रमाइलो छ”, उनले थपे–“अहिले त गाउँमा बढेको आन्तरिक पर्यटकहरुलाई सेवा दिन व्यस्त छन्  गाउँलेहरु ।”

सिजनमा १ सय भन्दा बढि पर्यटक र अन्य बेला समेत ५० को हाराहारीमा सात सय कोल्मा बहाकोट भ्रमणमा जानेहरुको संख्या रहेको अध्यक्ष गुरुङले बताए । “हामीले सोचेका पनि थिएनौं । तर क्रस कन्ट्रिले हाम्रो गाउँको जिवनको परिवेश फेरिएको छ”, उनले भने–“पहिला बाँझो हुने खेत र बारिमा हरियाली छाएको छ ।  गाउँलेहरु आफ्नै सन्ततीको थाक थलोमा फर्किन पाउँदा मुहारमा खुसी छाएको छ । ”

क्रस कन्ट्रि अन्तर्गत २५ किमि पुरुष, १० किमि महिला÷पुरुष, ५ किमि छात्रा र विद्याथीहरुको ५ किमि छात्र÷छात्रा समुह दौड हुनेछन् । संस्थाका सल्लाहकार मन प्रसाद थापाका अनुसार २५ किमि पुरुषको मुख्य इभेन्टतर्फ पहिलो, दोस्रो र तेस्रो हुने धावकले क्रमश नगद रु ५०, ४० र ३० हजार नगहिलादका साथमा मेडल तथा प्रमाणपत्र पाउनेछन् । प्रतियोगितामा दशौं स्थान सम्म प्राप्त गर्ने खेलाडीहरुलाई मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

त्यसै गरी १० किमि पुरुष÷महिला तर्फका बिजेता खेलाडीहरुले क्रमश नगद रु १५, १० र ५ हजार, ५ किमि छात्रा दौड तर्फका बिजेताले क्रमश नगद रु १५, १० र ५ हजार तथा ५ किमि छात्र÷छात्रा दौड समुहका बिजेताले क्रमश नगद रु १२, ८ र ४ हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् ।

करिव १२ लाख ३४ हजार खर्च हुने क्रस कन्ट्रिमा २ सय भन्दा बढिको सहभागिता हुने आयोजकले अपेक्षा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close