नेपालले कतारलाई दियो १४८ रनको लक्ष्य

पोखरा स्पोर्ट्स । नेपालले कतारलाई १४८ रनको लक्ष्य दिएको छ ।

आइसीसी पुरुष टी-२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनौट प्रतियोगिता अन्तर्गत सुपर सिक्सको खेलमा टस हारेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाउदै १४७  रन बनाएको हो ।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्बाधिक ५८ रन बनाए भने दिपेन्द्र सिंह ऐरीले २६ रन बनाएका थिए । त्यस्तै गुलशन झाले ८ बलमा १६ रनको महत्वपूर्ण योगदान दिएका थिए ।

त्यसैगरी कुशल भुर्तेलले ६, आसिफ सेखले ११, कुशल मल्लले ८, मोहमद आदीलले २, सन्दीप जोराले १, सोमपाल कामीले १४ र नन्दन यादवले १ रन बनाएका थिए ।

त्यस्तै कतारका बलर मिर्जा बैग र डेनियल अर्चरले ३-३ विकेट लिएका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close