सिनियर आइटिएफ अन्तर्राष्ट्रिय ग्रेड–४ टेनिस प्रतियोगिता पोखरामा जारी

पोखरा,
कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा जारी एनआईसी एसिया बैंक नेपाल आईटिएफ सिनियर्स विश्व बरियता ग्रेड–४ टेनिस प्रतियोगितामा आइतबार विभिन्न उमेर समुहका खेलहरु सम्पन्न भएका छन् ।

३५ वर्ष माथिको एकलमा भारतका स्वर्नेस चौधरीले नेपालका अमितसिंह गुरुङ्गलाई ६–०, ६–० को सोझो सेटमा पराजित गरे । सोही उमेर समुहको अर्को खेलमा पोखराका गिताराज शर्मा चालिसेले अशोक गुरुङ्गमाथि ६–०, ६–० कै सहज नजिता निकाले । ४५ वर्ष माथिको एकलमा पोखराका गोपीबहादुर भट्टराईले काठमाण्डौका शिवप्रसाद सेढाइमाथि ३–६, ६–४ र ६–३ को प्रतिस्पर्धात्मक सेटमा जित हाँसिल गरे ।

५५ वर्ष माथिको एकलतर्फ आइतबार भएको खेलमा उत्तमकुमार शेर्पाले पोखराका समिर शेरचनलाई ६–२, ६–१ को सेटमा पराजित गरे ।

बिमलकुमार गुरुङ्गले पोखराका शरण गुरुङ्गलाई ६–२, ६–२ ले पराजित गरे । त्यस्तै, विकास गुरुङ्गले पदमबहादुर गुरुङ्गलाई प्रतिस्पर्धात्मक खेलमा ६–२, ४–६ र ६–२ ले पराजित गर्दै अर्को चरणमा स्थान बनाए ।

५५ वर्ष माथिको डबल्समा पोखराका समिर शेरचन र अनिल तुलाचनको जोडीले काठमाण्डौका मनोज शमशेर राणा र उत्तमकुमार शेर्पाको जोडीलाई ६–३, ६–१ ले पराजित गरे ।

४५ वर्षको डबल्सतर्फ गोपीबहादुर भट्टराई र धरमबहादुर लामिछानेको जोडीले उत्तम बोगटी र समिर शेरचनको जोडीलाई ६–३, ६–२ ले पराजित गर्दै विजयी यात्रा शुरु गरे ।

त्यस्तै ४५ वर्ष माथिकै डबल्समा पोखराका कुलबहादुर तामाङ्ग र लोक गुरुङ्गको जोडीले विमल गुरुङ्ग र उत्तमकुमार शेर्पाको जोडीमाथि ६–६, ४–६ र सुपरटाईमा ११–९ को रोचक जित दर्ता गराए । सोही उमेर समुहको अर्को खेलमा राजेन्द्रसिंह भण्डारी र करिमुल्ला मुस्लिमको जोडीले पोखराका शरण गुरुङ्ग र पदमबहादुर गुरुङ्गलाई ६–१, ६–२ को सोझो सेटमा पराजित गरे ।

४५ वर्ष माथिकै डबल्समा कमल थापा र च्याम्बा ढुण्डुपको जोडीले पोखराका बसन्त प्रधान र राजेन्द्रप्रसाद घिमिरेको जोडीलाई ६–१, ६–१ को सोझो सेटमा पराजित गरे । ३५ वर्ष माथिको डबल्समा पोखराका विकास गुरुङ्ग र गिताराज शर्मा चालिसे जोडीले भारतका सञ्जल कुमार र स्वर्णेश चौधरीको जोडीलाई ६–३, ७–५ ले पराजित गरेको प्रतियोगिता संयोजक प्रिति बरालले जानकारी दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close