एम्सको महासभामा मञ्चका निवर्तमान अध्यक्ष पराजुली

पोखरा स्पोर्टस । विश्व म्याराथन आयोजहरुको छाता संस्था एसोसियसनको अफ म्याराथन एण्ड डिस्टेन्स रेसेस (एम्स)को महासभामा सहभागिता जनाउन नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चका निर्तमान अध्यक्ष हरिप्रसाद पराजुली त्यस तर्फ प्रस्थान गरेका छन् ।

नेपालको जेठो म्याराथन ‘पोखरा अन्तर्राष्ट्रिय म्याराथन’ एम्सको सदस्यको हैसियतमा निवर्तमान अध्यक्ष पराजुली महासभामा सहभागि भएका हुन् । विश्वमा सञ्चालन हुने एक हजार भन्दा बढि म्याराथनहरुको छाता संस्था एम्सको २४ औं साधारण सभा यहि कार्तिक २९ गतेबाट मंसिर १ गते सम्म भियतनामको हनोईमा हुँदैछ ।

एम्सको महासभामा सहभागि पराजुलीले मंसिर २ गते हनोईमा नै आयोजना हुने हलोङ बे हेरिटेज म्याराथनमा समेत मञ्चको तर्फबाट अवलोकन गर्ने कार्यक्रम तय भएको मञ्चका अध्यक्ष दिल बहादुर गुरुङले पोखरा स्पोर्टसलाई जानकारी दिएका छन् ।

२४ औं महासभामा एम्समा आवद्ध विश्वकमा विभिन्न म्याराथन आयोजक संस्थाहरुका प्रमुख एवं विशिष्ट व्यक्तित्वहरुले सम्वोधन गर्नेछन् ।

महासभामा मञ्चकी आजिवन सदस्य, पूर्व राष्ट्रिय खेलाडी एवं निवर्तमान अध्यक्ष पराजुलीकी अर्धाङ्गीनी मैयाँ पराजुलीले महासभामा पोखरा म्याराथनको प्रचार–प्रसार संगै हलोङ बे हेरिटेज म्याराथनमा सहभागि धावकहरु संग प्रत्यक्ष भेटघाट गरी पोखरा म्याराथन बारे जानकारी दिने कार्यक्रम समेत रहेको मञ्चले जनाएको छ ।

तीन वर्ष अघिबाट एम्समा सदस्यता प्राप्ती भए संगै पोखरा अन्तर्राष्ट्रिय म्याराथनले अन्त्र्राष्ट्रिय मान्यता पाएको हो । हरेक वर्ष फागुनको पहिलो साताको शनिबार आयोजना हुने पोखरा अन्तर्राष्ट्रिय म्याराथनको रुटले अन्तर्राष्ट्रिय मान्यता पाए संगै विदेशी धावकहरुको संख्या समेत बढ्दै गएको छ ।

१९ औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथन यहि फागुन ३ गते हुनेछ । जसको दर्ता प्रक्रिया समेत सुरु भएको छ । यो समाचार तयार पार्दा सम्म स्वदेश र विदेशका गरी ५० भन्दा बढिले पोखरा म्याराथनका लागि नाम दर्ता गरिसकेका छन् ।

पोखरा म्याराथन नेपालकै ठूलो धनराशी भएको म्याराथन समेत हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close