भेट्रान्स बास्केटबलमा सेमीफाइनल समिकरण पुरा

पोखरा स्पोर्टस । पोखरामा जारी प्रथम राष्ट्रिय भेट्रान्स बास्केटबल प्रतियोगितामा सेमीफाइनलको समिकरण पुरा भएको छ ।

पोखरा रंगशालास्थित बास्केटबल कोर्टमा जारी प्रतियोगितामा सेमीफाइनलमा भिड्ने चार टिमको टुङ्गो लागेको हो ।

सेमीफाइनलमा कास्की भेट्रान्स ए टिमले पाहुना टोली रातो बंगला काठमाण्डौ संग भेट पक्का गर्दा एक्स एबिसी कास्कीले समेत पाहुना टोली काठमाण्डौको ठमेल युनाइटेडको सामना गर्ने भएको छ ।

यस अघि सम्पन्न क्वाटरफाइनलमा कास्की भेट्रान्सले लामाचौर बीलाई ४९–२८ ले, र रातो बंगला काठमाण्डौले लामाचौर ए लाई ५४–४६ ले पराजित गरेको थियो ।

त्यस्तै एक्स एबिसी कास्कीले सात गाउँले लेखनाथलाई ५०–३६ र ठमेल युनाइटेडले तनहुँ भेट्रान्सलाई ५८–३४ को स्कोरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको थियो ।

कार्तिक २५ गते सम्म सञ्चालन हुने प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । प्रतियोगितामा काठमाण्डौका २ टिम, तनहुँको एक र कास्कीको ७ टिम गरी कुल १० टिमको सहभागिता रहेको छ । ४० वर्ष भन्दा माथीका खेलाडीहरु सहभागि रहेको प्रतियोगितामा ६३ वर्ष सम्मका खेलाडीहरु विभिन्न टिममा सहभागिता जनाएका छन् ।

प्रतियोगितामा उपाधि बिजेता टिमले नगद ७० हजार र उपबिजेताले नगद ५० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने तथा मष्ट भेलुएबल प्लेयर र हाइएष्ट स्कोररले समेत ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close