इतिहास दोर्‍हयाउन बगर भाई खलकले सुरुवात गर्‍यो–ग्रास रुट फुटबल प्रशिक्षण

पोखरा स्पोर्टस । पोखरेली फुटबल इतिहास हेर्ने हो भने ४० को दशकमा पोखराको बगरबाट एक दर्जन भन्दा बढि खेलाडीको राष्ट्रिय फुटबल क्लवहरुमा आवद्धता थियो । ति खेलाडी उत्पादन हुने उत्पादन हुने मुल थलो थियो पोखराको पृथ्वीनारायण क्याम्पसको फुटबल मैदान । तर त्यही मैदान आज आफ्नो अस्तित्व जोगाउन छटपटाएको छ ।

पोखराका कृष्ण थापा देखि आनन्द रञ्जित लगायत दर्जनौ खेलाडी उत्पादन भएको बगरलाई त्यही झल्को दिने गरी भाई खलकले सुरुवात गरेको छ ग्रास रुट लेभलको प्रशिक्षण । एकसय भन्दा वढिले उक्त प्रशिक्षण लिन लामवद्ध थिए पृथ्वीनारायण क्याम्पसको फुटबल मैदानमा । उनीहरुका अभिभावकहरु पनि आफ्ना छोरा–छोरीलाई मेसी र रोनाल्डो जस्तै मैदानमा खेलेको सपना बुन्नमा व्यस्त थिए ।

मैदानमा हरल्क्कै बढेको दुवो काटिएको थियो । केही सफा र हरियो देखिन्थ्यो । तर कुना काप्चाको झाडी उस्तै थियो । खिया लागेका फलामे गोल पोष्टहरु पुनः मर्मत हुँदै थिए । मैदानको चिन्ता छर्दै सोही क्याम्पसमा कार्यरत एक कर्मचारी भन्दै थिए–“धेरै पटक प्रदेश सरकारलाई मर्मतका लागि गुहार्‍यौं तर सुनुवाई भएन ।”

गण्डकी प्रदेश खेलकुदका यूवा तथा खेलकुद मन्त्री राजिव गुरुङ उत्साहित देखिन्थे शुभारम्भ कार्यक्रममा । चर्को घाम सहँदै साना कलिला बावु नानीहरुलाई समातेर मायाँ दर्शाउँदै थिए उनी । एउटा राम्रो अभियानको सुरुवात गर्न पाउँदा खेलकुद मन्त्री हुनुको नाताले उनी खुसी हुनु स्वाभाविक नै थियो । अर्को तर्फ भिमकाली पाटन यूवा क्लवका खेलाडीहरु मन्त्रीलाई आफ्नो सामु पाउँदा उनी संग फोटो खिच्न र आफ्ना गुनासा पोख्न व्यस्त थिए ।

हिजोको त्यो पोखरेली शाख फेरि जुरुक्क उठ्न पर्छ भनेर नै आफूहरुले यो कार्यक्रम सुरुवात गरेको अध्यक्ष दिल बहादुर गुरुङले बताए । उनले भने–“चालिसको दशकको पोखराको फुटबल इतिहास पुनः व्युत्याउँन हामीले यो कार्यक्रम सुरुवात गरेका हौं ।” ४० वर्ष भन्दा माथीकाहरुको स्वास्थ्यलाई जिवन्त बनाई राख्न सारीरीक व्ययाममा लाग्न र दैनिक एक घन्टा हिड्न आग्रह गर्ने बगर भाई खलकले हरेक वर्ष ४० वर्ष माथीका हरुको फुटबल प्रतियोगिता समेत आयोजना गर्दै आएको छ ।

खस्किएको पोखराको फुटबल उकास्न पोखरामा ग्रास रुट लेभलको फुटबल प्रशिक्षणको लहर चलेको बेला फुटबलका लागि रामबाण होला न होला त्यो भविष्यले देखाउनेछ । तर आफ्नै टोल र वडाका दाजु भाई दिदी वहिनीहरु मिलेर खेलकुद र सामाजिक अभियानलाई गति दिएको बगर भाई खलकको यो पछिल्लो कार्य उत्तिकै प्रंशसनिय छ । ११ वर्ष देखि निरन्तर भेट्रान फुटबलको आयोजना गरेर पोखरालाई मात्रै नभई नेपाल र छिमेकी मुलुकका खेलाडीलाई समेत हौसला दिने बगर भाई खलकको यो ग्रास रुट पनि उत्तिकै सफल हुनेमा सबै विश्वस्त छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close