
पोखरा । वुल्सम्यान क्लव पोखराका संस्थापक तथा सामाजसेवी वुद्ध गुरुङको ५३ वर्षको उमेरमा शनिवार काठमाण्डौमा निधन भएको छ ।
उपचारका लागि केही दिन अघि पोखराबाट काठमाण्डौ पुगेका गुरुङको शनिवार विहान निधन भएको क्लवका अध्यक्ष नुना गुरुङले जानकारी दिएका छन । “उहाँको मुटुमा केही समस्या थियो” अध्यक्ष गुरुङले भने–“गगांलाल हृदय रोग अस्पतालमा उपचार गराउन जानुभएको थियो, तर विहान अचानक उहाँको निधन भयो ।” “उहाँको निधनले एक खेलप्रेमी सङै समाजसेवी गुमाउन पर्दा हामी सबै स्तव्ध बनेका छौं” उनले भने ।
कास्की माछापुच्छ्रे ल्वाङका स्थायी वासिन्दा रहेका उनले हङकङमा व्यवसाय सञ्चालन गर्दै आएका थिए । गुरुङ पछिल्लो समय पोखरा १० औधोगिक क्षेत्रमा वस्दै आएका थिए । उनका श्रीमती, एक छोरा र एक छोरी रहेका छन ।
सहारा क्लव हङकङका अजिवन सदस्य रहेका उनीे रामवजार समाज हङकङका सदस्य समेत थिए ।
