प्रदेश खेलकुद परिषद गण्डकीका कार्यकारी सदस्य गौतमलाई पितृ शोक

पोखरा स्पोर्टस । प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य ऋषीराम गौतमलाई पितृ शोक परेको छ ।

नेपाल क्रिकेट संघ (क्यान)का पूर्व केन्द्रिय सदस्य समेत रहेका गौतमका पिता खिमलाल गौतमको ८२ वर्षको उमेरमा आज (आइतबार) निधन भएको हो । पारिवारिक स्रोतका अनुसार उहाँको उपचारको क्रममा फिसटेल हस्पिटलमा मध्यान्ह १२ः३० बजे निधन भएको हो ।

पोखरा ६ लेकसाइडस्थित आफ्नी बहिनीको टिका ग्रहण गरे लगतै उहाँलाई स्वास्थ्यमा समस्या देखिएको थियो ।

पोखरा १९ लामाचौर बस्दै आएका उहाँको एक श्रीमती, तीन छोरा, चार छोरी छन् । स्वर्गिय गौतम गौतम भातृ समाज नेपालका पूर्व अध्यक्ष समेत रहनुभएको थियो ।

स्वर्गिय गौतमको सोमबार पोखरा १९ लामाचौर निवासबाट बिहान ८ः३० बजे अन्तिम संस्कारका लागि प्रस्थान गरिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close