
पोखरा स्पोर्टस । ‘आइटिएफ तेक्वान्दो विश्वकप २०२४ मा सहभागिता जनाउन नेपाली आएटिएफ टोली उज्वेकिस्तान जाने भएको छ ।
उज्बेकिस्तानको ताश्केन्त शहरमा नोभेम्बर १ देखी ८ सम्म आयोजना हुने विश्वकपमा सहभागिता जनाउन त्यसतर्फ प्रस्थान गर्ने भएको हो ।
भोली प्रस्थान गर्ने नेपाली टोलीलाई यूवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले मन्त्रालयमा आयोजित एक कार्यक्रम बिच जितको शुभकामनासहित बिदाई गरेका छन् ।
चार खेलाडी, एक प्रशिक्षक तथा दुई रेफ्रि गरी ७ सदस्यिय टोलीको नेतृत्व नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आइटिएफ)का महासचिव घम बहादुर थापा मगरल् गर्नेछन् । महासचिब थापा संगै संगै रेफ्रिको भूमिकामा बिक्रम बाठा मगर रहनेछन् ।
नेपाली खेलाडी पुरुषतर्फ खगेन्द्र घर्ति मगर, सुरेन्द्र अदै र महिलातर्फ नविना बिश्वकर्मा र बसन्ती डाँगी रहेका छन् । त्यस्तै टिमको प्रशिक्षकमा होम बहादुर सुनार रहेको महासचिब थापाले पोखरा स्पोर्टसलाई जानकारी दिए ।
