वाइ–वाई यू–१९ राष्ट्रिय क्रिकेट : कोशी विरुद्ध गण्डकी ११४ रनले बिजयी

पोखरा स्पोर्टस । बिराटनगरमा जारी वाइ–वाई यू–१९ राष्ट्रिय पुरुष क्रिकेटमा गण्डकी बिजयी भएको छ ।

आफ्नो प्रतियोगिताको तेस्रो खेलमा गण्डकी कोशी विरुद्ध ११४ रनले बिजयी भएको हो । गण्डकीले जितका लागि २०९ रनको लक्ष्य दिए पनि कोशी ३३ ओभरमा ९४ रनमा अल आउट हुन पुग्यो ।

खेलको म्यान अफ दि म्याच रहेका गण्डकीका सिव्रिन श्रेष्ठले अर्धशतकिय पारी खेले । तेस्रो क्रममा आएक सिव्रिनले ७७ बलको सामना गर्दै ५ चौका र २ छक्का प्रहार गर्दै ५३ रनको योगदान दिए भने बलिङतर्फ १० ओभरमा १ मेडन राख्दै २९ रन दिएक २ विकेट हात पारे ।

गण्डकीले टस जितेर पारीको सुरुवात गर्दै ५० ओभरमा ९ विकेटको क्षतीमा २०८ रन बनायो । टिमका कप्तान अर्जुन कुमाल भने अर्धशतक बनाउन बाट चुके । विपिन महतोको बलमा आउट इस्टेन रिजालको हातबाट क्याच आउट हुनु अघि ७५ बलमा ४ चौका प्रहार गर्दै ४६ रन बनाए । उनी संगै पारीको सुरूवात गरेका अजुर्न सोहेलले ७४ बलमा ३चौका र १ छक्का प्रहार गर्दै व्यक्तिगत ३३ रनमा सुजन घिमिरेको बलमा फैजल रहमानको हातबाट क्याच आउट भए ।

त्यस्तै गण्डकीका लागि करन पगेनीले ११, रोहित चन्दले १३, बंश क्षेत्री ९ र सुदिप अर्यालले २२ रन बनाउँदै आउट भए । कोशीका लागि रोशन शाहले ४ र विपिन महतोले ३ विकेट लिए ।

यत २०९ रनको लक्ष्यका लागि मैदान उत्रिएको कोशी ३३ ओभरमा ९४ रनमा सबै विकेट गुमायो । १२.३ ओभरमा ५६ रन बनाएको कोशीका लागि भुपाल दङ्गाललाई व्यक्तिगत १९ रनमा अपराजित पौडलेले एलबिडब्लु धरापमा पार्दै मैदान बाहिर पठाए । उनी संगै कोशीको पारीको सुरूवात गर्दै ३४ रन बनाएका सोनु अन्सारी सिव्रिन श्रेष्ठको बलमा किरण भट्टराईलाई क्याच थमाए लगतै कोशीको पारी धरमराएको थियो । त्यस लगतै रोशन शाह सून्य रनमा पेभिलियन फर्किए । ५ बलको सामना गरेका उनलाई किरण भट्टराईले आउट गर भने १३ बलको सामना गरेका आयुष कार्की समेत सून्य रनमा नै सिव्रिन श्रेष्ठको बलमा बोल्ड हुन पुगे । कोशीका लागि फैजल रहमानले ११ रन बनाए ।

खेलमा सर्वाधिक विकेट भने गण्डकीका टिम कप्तान अर्जुन कुमालले लिए । उनले ७ ओभरमा २ मेडन राख्दै १० रन दिएर ४ विकेट लिए । त्यस्तै अपराजित पौडेलले ३ विकेट लिंदा किरण भट्टराईले १ विकेट आफ्नो नाममा लेखाए ।

यो संगै गण्डकीले तीन खेलमा २ मा जित र एकमा हार व्यहोरेको छ । गण्डकी बागमती प्रदेश संग पराजित भएको थियो । भोली गण्डकीले सुदुरपश्चिमको सामना गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close