
पोखरा स्पोर्टस । जिल्ला खेलकुद विकास समिति कास्कीको कार्यालय प्रमुखमा डम्बर बहादुर नेपाली (डिबी) नेपाली पुनः कार्यालय प्रमुखको जिम्मेवारी पाएका छन् ।
राष्ट्रिय खेलकुद परिषद (राखेप)ले २०८१ कार्तिक ११ गतेको सदस्य सचिबस्तरीय निर्णयनुसार उनलाई जिल्ला खेलकुद विकास समिति कास्कीको प्रमुखको जिम्मेवारी दिइएको जनाइएको छ ।
तर यता प्रदेश खेलकुद परिषद गण्डकीले जिल्ला खेलकुद विकास समितिहरूमा सरुवा र नियक्तिका विषयमा राष्ट्रिय खेलकुद परिषदले क्षेत्रधिकार मिचेको भन्दै गम्भिर ध्यनाकर्षण भएको जनाएको छ । सदस्य सचिब श्रीधर शर्माले जिल्ला खेलकुद विकास समितिहरु प्रदेश अन्तर्गत रहेको जनाउँदै समितिको सम्पूर्ण जिम्मेवारी प्रदेश खेलकुद विकास ऐन २०७७ र प्रदेश खेलकुद विकास नियमावली अनुसार हुने बताएका छन् ।
राखेपले क्षेत्रधिकार मिच्दै गरेको निर्णयका विषयमा प्रदेश खेलकुद परिषद गण्डकीले छिट्टै निर्णय गर्ने जनाउँदै कार्यालय प्रमुख लामालाई प्रमुख पदबाट हटाउने र नेपालीलाई दिइएको नियुक्तिका बारे हालका लागि भने यथावत राखिने सदस्य सचिब शर्माले जनाए ।
नायब सुब्बा (सहायक प्रथम) पदमा राखेपमा कार्यरत नेपाली यस अघि पनि जिल्ला खेलकुदको कार्यालय प्रमुखमा रहेका थिए । उनी साविक पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिमा लेखा प्रमुखको भूमिकामा समेत रहेका थिए ।
राखेपमा २८ वर्ष सेवा अवधि पुरा गरेका नेपाली २०५३ सालमा नियुक्ति भएका थिए ।
यस अघि जिल्ला खेलकुदको कार्यालय प्रमुखमा तेक्वान्दोका प्रशिक्षक सुन बहादुर लामा कार्यरत थिए ।
तर यता प्रदेश खेलकुद परिषद गण्डकीले सरुवाको विषयमा राष्ट्रिय खेलकुद परिषदले क्षेत्रधिकार मिचेको भन्दै गम्भिर ध्यनाकर्षण भएको जनाएको छ । सदस्य सचिब श्रीधर शर्माले जिल्ला खेलकुद विकास समितिहरु प्रदेश अन्तर्गत रहेको जनाउँदै समितिको सम्पूर्ण जिम्मेवारी प्रदेश खेलकुद विकास ऐन २०७७ र प्रदेश खेलकुद विकास नियमावली अनुसार हुने बताएका छन् ।
राखेपले क्षेत्रधिकार मिच्दै गरेको निर्णयका विषयमा प्रदेश खेलकुद परिषद गण्डकीले छिट्टै निर्णय गर्ने जनाउँदै कार्यालय प्रमुख लामालाई प्रमुख पदबाट हटाउने र नेपालीलाई दिइएको नियुक्तिका बारे हालका लागि भने यथावत राखिने सदस्य सचिब शर्माले जनाए ।
