यस्तो छ युवा तथा खेलकुद मन्त्रालयले विनियोजन गरेको गण्डकी प्रदेशको खेलकुद बजेट

केशब पाठक/पोखरा ।
युवा तथा खेलकुद मन्त्रालयले आर्थिक वर्ष २०७७/०७८ का लागि गण्डकी प्रदेशका विभिन्न जिल्लाका खेलकुद पुर्वाधार निर्माण, स्त्तोरोन्नती  तथा खेलकुद कार्यक्रमका लागि बजेट विनियोजन गरेको छ । चालु आवमा जारि पुर्वाधार निर्माणका कामको निरन्तरता संगै नयाँ योजनाहरुमा बजेट विनियोजन गरिएको हो ।

मन्त्रालयले विनियोजन गरेको बजेट विनियोजन २०७७/०७८ मा पोखरा रंगशाला भित्रको हिटिङ स्विमिङ निर्माणका लागि ५० लाख, पोखरा रंगशाला निर्माण ५० लाख, पोखरा उद्धेश्यिय कभर्डहलको फिनिसिङ, साउण्ड सिष्टम र ल्याण्डस्केपका लागि १ करोड, पोखरा क्रिकेट स्टेडियम निर्माणका लागि २५ लाख, शुटिङहल निर्माण पोखरा रंगशाला ५० लाख रहेको छ भने जेष्ठ नागरिक बहुउद्देश्यीय कभर्डहल निर्माण, पोखरा, १९ का लागि ५० लाख विनियोजन गरिएको छ ।

यसै गरि गोष्तेघाटस्थित फुटबल स्टेडियम भिआइपी प्यारापिट र चेन्जिङरुम निर्माणका लागि १० लाख, गौरिशंकर खेल मैदान हेम्जाका लागि १० लाख रहेको छ भने प्रादेशिक अन्तरगत ऐतिहासिक टुँडीखेल मैदान स्त्तोरोन्नतीका लागि २५ लाख, भण्डारढिक रंगशाला निर्माणका लागि २५ लाख र गौरीशंकर खेलमैदान निर्माण हेम्जा, कास्कीका लागि १० लाख  विनियोजन गरेको छ भने गौलिटार रंगशाला राइनास ६ लमजुङको खेल मैदान निर्माणका लागि ५० लाख विनियोजन गरेको छ ।

मन्त्रालयले विनियोजन गरेको बजेटमा मदन भण्डारी कभर्डहल निर्माण, बाग्लुङ, कभर्डहल निर्माण लमजुङ, चिन्तुटार रंगशाला निर्माण तनहुँ, कभर्डहल निर्माण कुस्मा पर्वत (ब्याडमिन्टन हलको पछाडि), बेनी रंगशाला निर्माण म्याग्दी, रत्नेचौर बहुउद्देश्यीय खेल मैदान निर्माण बेनी, कभर्डहल निर्माण मनाङ, कभर्डहल निर्माण मुस्ताङ, रंगशाला निर्माण भिमाद नगरपालिका, तनहुँ, खेल पूर्वधार निर्माण स्याङ्जा, फुटबल रंगशाला निर्माण कावासोती नपा ३ नवलपुर, रंगशाला निर्माण तथा स्तरोन्नती गोरखाका लागि १०–१० लाख रहेको छ ।

यसै गरि बजेट प्राप्त गरेका अन्य जिल्लामा पुर्वाधार निर्माण मध्ये रंगशाला निर्माण, भिमाद नगरपालिका, तनहुँ २५ लाख, खेलमैदान निर्माण टिमुरे नागेठाँटी, लमजुङ १५ लाख, गाउँफर्कोदय मावि ढोरफिर्दिमा खेलमैदान निर्माण, शुक्लागण्डकी ८, तनहुँ, २५ लाख,  बरेटार खेलमैदान निर्माण चापाकोट १०, स्याङ्जा, २० लाख रहेको छ ।

विनियोजित बजेट अन्तरगत प्रदेश स्तरिय राष्ट्रपती रनिङ शिल्डका लागि २२ लाख र जिल्ला स्तरियका लागि ४३ लाख विनियोजित गरिएको छ । मन्त्रालयले अन्नपुर्ण म्याराथन र पोखरा म्याराथनका लागि ५–५ लाख संगै पोखरा स्पोर्टस अवार्डको ३ लाख सहयोग रकमलाई समेत निरन्तरता दिएको छ । पोखरामा आयोजना हुने ठुला दुई फुटबल प्रतियोगिता मध्ये आहा रारा र मनकामना गोल्डकपका लागि समेत रकम विनियोजन भएको छ ।

सरकारले उच्च प्राथमिकतामा राखेको उच्च खेलमैदान निर्माणका लागि भने १५ लाख विनियोजन गरेको छ । मनाङ, जुम्ला र घान्दु्रक लगाएतका स्थानमा उच्च खेल तालिम केन्द्र भन्दै  १५ लाख विनियोजन गरेको हो । यो गत वर्षको भन्दा धेरै गुणा कम हो । यसै गरि सरकारको प्राथमिकतामा रहेको स्थानीय तहमा खेल ग्राम निर्माणका लागि कुल ४० करोड विनियोजन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close