गण्डकी प्रदेशका चार जना खेलाडी आइसीसी यू–१९ उमेन्स टि–२० वर्ल्ड कप एसिया क्वालिफायरमा

पोखरा स्पोर्टस । आइसिसी यू–१९ उमेन्स टि–२० वर्ल्ड कप एसिया क्वालिफायरका लागि नेपाली टोलीमा गण्डकी प्रदेशका चार जना खेलाडीहरु छनौटमा पर्न सफल भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)ले आज सार्वजनिक गरेको १४ सदस्यिय टोलीमा उनीहरुमा नेपाली राष्ट्रिय टोलीमा समावेश भएका हुन् । उनीहरु करिव दुई महिना देखि बन्द प्रशिक्षणमा थिए । क्यानले देशभरिका ३५ जना खेलाडीबाट चार चरणमा गरी १४ जनाको नाम सार्वजनिक गरेको हो ।

नेपाली राष्ट्रिय टोलीमा कुशुम गोदार, ज्योत्सिन्का मरासिनी, सिमाना केसी र रचना चौधरीले स्थान पक्का गर्दै युनाइटेड अरब इमिरेट्स (युएई)मा आगामी कार्तिक २१ गतेबाट सुरु हुने आइसीसी यू–१९ उमेन्स वर्ल्ड कप एसिया क्वालिफायर प्रतियोगितामा सहभागिता जनाउने छन् ।

त्यसै गरी नृपाली राष्ट्रिय टोली पुजा महतोको कप्तानीमा मैदानमा उत्रिने छ । टोलीको उपकप्तानमा सोनी पाख्रिन रहेकी छन् । टोलीको सदस्यहरुमा कुशुम गोदार, ज्योत्सिन्का मरासिनी, सिमाना केसी र रचना चौधरी संगै अलिशा कुमारी यादव (विकेट किपर), साना प्रविन, सावित्रा धामी, कृष्मा गुरुङ, मनिषा उपाध्याय, रिया शर्मा, स्नेहा महरा र त्रिशना विक रहेका छन् ।

डबल राउण्ड रोविनको आधारमा सञ्चालन हुने उक्त प्रतियोगितामा नेपालसहित आयोजक राष्ट्र यूएई, थाइल्याण्ड र कुवेतको सहभागिता रहने छ ।

गण्डकी प्रदेशबाट ४–४ जना खेलाडीहरुको नाम राष्ट्रिय टोलीमा परे संगै प्रादेशिक क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले खुसी व्यक्त गरेका छन् । नेपाली राष्ट्रिय टोलीमा गण्डकीबाट चार जना खेलाडीहरु एकै पटक छनौटमा पर्नु महत्वपूर्ण रहेको जनाउँदै यसले गण्डकी प्रदेशमा क्रिकेटको विकासमा फड्को मार्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close