पोखरामा पहिलो पटक ‘फ्री स्टाइल फुटबल ब्याटल’ हुँदै

पोखरा स्पोर्टस । पोखरामा पहिलो पटक ‘फ्री स्टाइल फुटबल ब्याटल’ हुने भएको छ ।

पोखरा हेमजास्थित आर.एस.बिच क्लबद्वारा आयोजित ‘बिच एण्ड फिस फेस्टिभल २०८१’ अन्तर्गत उक्त प्रतियोगिता हुन लागेको हो । फुटबल खेलको आफू भित्र रहेको विभिन्न स्किलहरु प्रदर्शन गर्न सक्ने खेलाडीहरु ‘फ्री स्टाइल फुटबल ब्याटल’मा सहभागिता जनाउन सक्ने आरएसबिच क्लबका रमेश कार्कीले पोखरा स्पोर्टसलाई जानकारी दिए । उक्त प्रतियोगितामा पोखरा, काठमाण्डौ, बुटवललगायत विभिन्न जिल्लाबाट खेलाडीहरुको सहभागिता हुनेछ ।

पोखरा महानगर पालिका वडा नं २५ लाई खेलकुदको माध्यमबाट प्रवर्द्धन गर्ने उद्धेश्यका साथ आयोजित ‘प्रथम बिच स्पोर्टस एण्ड फिस फेस्टिभल २०८१’ अन्तर्गत विभिन्न प्रतियोगिता संगै छलफल तथा अन्तक्रियाका कार्यक्रमहरु समेत समावेश गरिएको कार्कीले जनाए । जस अन्तर्गत ‘फाइभ–ए–साइड’ फुटबल प्रतियोगिता, परम्परागत घोडा दौड समेत समावेश गरिएको छ ।

यहि कार्तिक ९ गते आयोजना हुने ‘फाइभ–ए–साइड’ फुटबल प्रतियोगितामा बिजेता टिमले नगद रु ५० हजार र उपविजेताले नगद रु २५ हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उत्कृष्ट गोलकिपर, डिफेन्डर र फरवार्डलाई समेत् पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । घोडा दौडको बिजेताले नगद रु २० हजार र उपबिजेताले नगद रु १० हजार प्राप्त गर्नेछन् ।

पोखरा महानगर पालिकाको संयोजनमा हुने प्रतियोगिताको प्रवर्द्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, प्रदेश खेलकुद परिषद गण्डकी, कास्की जिल्ला फुटबल संघ, नेपाल खेलकुद महासंघ, मदन भण्डारी स्पोर्ट्स एकेडेमी गण्डकी प्रदेश, नेकोस फुटबल सङ्घ गण्डकी प्रदेशलगायतले सहकार्य गर्ने भएका छन् ।

प्रतियोगिताका माध्यबाट प्रचार प्रसार गरी पोखरा २५ हेमजामा रहेको अम्मट कण्ठे गुफाको समेत प्रवर्द्धन गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close