
पोखरा स्पोर्टस । सुदूरपश्चिम रोयल्सले नेपाल सुपर लिग (एनपिएल)का लागि स्कटल्यान्डका अलराउन्डर ब्रान्डन मक्मलेनलाई अनुबन्ध गरेको छ ।
सुदूरपश्चिम रोयल्सले एनपिएलका लागि अनुबन्ध गरेको मक्मलेन पहिलो विदेशी खेलाडी हुन् । मक्मलेनको आगमनले एनपिएलमा टोलीको प्रर्दशन उत्कृष्ट रहनेमा सुदूरपश्चिम रोयल्सले विश्वास व्यक्त गरेको छ ।
दायाँ हाते ब्याटर मक्मलेनले स्कटल्यान्डबाट १६ विभिन्न टि ट्वान्टीमा ६ अर्धशतकसहित ४ सय ९७ रन बनाएका छन् । उनले सन् २०२३ मा जर्मनीविरुद्ध खेल्दै टि ट्वान्टी डेब्यु गरेका थिए । उनी स्कटल्याण्डको ओडिआई टोलीको पनि सदस्य पनि हुन् । २२ ओडिआईमा उनले २ शतक र २ अर्धशतकसहित ७ सय २१ रन बनाएका छन् ।
सुदूरपश्चिम रोयल्सले यसअघि अस्ट्रेलियाका विश्वकप विजेता पूर्व क्रिकेटर ब्राड हजलाई आफ्नो प्रमुख मेन्टर नियुक्त गरिसकेको छ।
दीपेन्द्र सिंह ऐरी मार्की खेलाडी रहेको सुदूरपश्चिम रोयल्सको मुख्य प्रशिक्षकमा जगत टमाटा छन् । सुदूरपश्चिम रोयल्समा ओलम्पियन दीपक विष्ट ब्रान्ड एम्बेसडर र केपी खनाललाई सोसियल एक्टिभिस्ट एम्बेसडर रहेका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा ८ टोलीको सहभागितामा मंसिर १६ गते देखि एनपिएल सुरु हुनेछ ।
सुदूरपश्चिम टोलीमा दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, अभिनास बोहोरा, विनोद भण्डारी, अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद, अमित श्रेष्ठ, ब्रान्डन मक्मलेन रहेका छन् ।
