
पोखरा, १२ साउन । कास्की जिल्ला ब्याडमिन्टन संघको आयोजनामा पोखरामा “१८ औं जिल्ला स्तरिय अन्तर विद्यालय इन्द्र बहादुर गुरुङ स्मृती ब्याडमिन्टन प्रतियोगिता–२०७६” हुने भएको छ ।
प्रतियोगिता आयोजना गर्नुको मुख्य उद्धेश्य कास्कीमा नयाँ ब्याडमिन्टन खेलाडीको पहिचान तथा राष्ट्रिय खेलाडी उत्पादन गर्नु रहेको कास्की जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष डम्वर सिं गुरुङले बताएका छन ।

कास्की जिल्ला व्याडमिन्टन संघका सचिब दुर्गा प्रसाद जोजिजुका अनुसार २०७६ भदौ १० देखि १४ गते सम्म पोखरा रंगशालाको ब्याडमिन्टन कोर्टमा संचालन हुने प्रतियोगितामा छात्र–छात्रा गरि ३ सय जना प्रतियोगिहरुको सहभागिता रहने बताइएको छ ।
प्रतियोगितामा आधारभुत तह कक्षा ८ सम्म छात्र–छात्रा सिंगल्स, माध्यमिह तह कक्षा १० सम्म छात्र–छात्रा सिंगल्स र डब्बलस् तथा कक्षा १२ तर्फ छात्र–छात्रा सिंगल्स र डबल्सका सबै इभेन्ट्सहरु हुने सचिब दर्गा जुजिजुले बताए । बिजयी प्रतियोगीहरुले मेडल, ट्रफी, प्रमाणपत्रका साथमा आर्कषक पुरुस्कार वा प्रोत्साहन स्वरुप स्र्पोट्स साइकल प्रदान गरिने भएको सचिब जोजिजुले जानकारी दिए ।
प्रतियोगितालाई भब्य रुपमा सम्पन्न गर्न बबिन बगदासको संयोजकत्वमा १२ सदस्यिय प्रतियोगिता उपसमिती गठन गरिएको छ । जसको प्राविधिक तथा निर्णायक उपसमितीको संयोजकमा सुरेश बहादुर श्रेष्ठ, पुरुस्कार ब्यवस्थापनमा शम्भु श्रेष्ठ, आर्थिकमा ईन्द्र बहादुर गुरुङ, साउण्ड तथा रंगरोगनमा मिन बहादुर गुरुङ, खेल ब्यवस्थापनमा नर बहादुर गुरुङ र मञ्च सजावटमा होम गुरुङ रहेका छन ।
त्यसै गरि खाजा तथा पानी व्यवस्थापनको संयोजकमा बुद्धिमान गुरुङ, ब्यानर तथा प्लेकार्डमा रुद्र बहादुर घले, प्राथमिक उपचारमा विष्णु प्रसाद चापागाई, सल्लहाकार समितीको संयोजकमा जयराम हमाल, अतिथी सत्कारमा खेम गुरुङ र कार्यालय तथा प्रचार प्रसारमा दुर्गा प्रसाद जोजिजु रहेका छन ।
प्रतियोगिताका संयोजक बबिन बगदास अनुसार कास्की बिद्यालय स्तरिय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न गर्न करिब ४ लाख ९० हजार खर्च लाग्ने जानकारी दिए ।
कास्की जिल्ला ब्याडमिन्टन संघले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न विविध कार्यक्रमहरु गर्दै आएको संघका अध्यक्ष डम्मर सिं गुरुङले जानकारी दिए । पोखरा रंगशाला भित्र ३ करोड ५० लाख को लागतमा अन्तर्राष्ट्रियस्तरको ब्याडमिन्टन कोर्ट निर्माणाधिन अवस्थामा रहेको र उक्त निर्माणकार्य सम्पन्न भए संगै संघले पोखरामा ब्याडमिन्टन एकेडेमी संचालन गर्ने सोच बनाएको अध्यक्ष गुरुङले बताए ।
