एफएआई अन्तर्राष्ट्रिय मोटर स्पोर्टसमा सहभागि नेपाली टोलीको बिदाई

पोखरा स्पोर्टस । अन्तर्राष्ट्रिय अटोमोवाइल फेडेरेसन (एफएआई)को आयोजनमा सञ्चालन हुने अन्तर्राष्ट्रिय मोटर स्पोर्टस २०२४ मा सहभागि हुने नेपाली टोलीको बिदाई गरिएको छ । स्पेनको भ्यालेन्सियामा अक्टोवर २३ देखि २७ मा आयोजना हुने ‘एफआइए मोटरस्पोर्ट गेम्स २०२४’ को लागी नेपाली टिमलाई आज विदाई गरिएको हो ।

ओलम्पीक फम्र्याटमा हुने विश्वकै सबैभन्दा ठूलो एक मात्र अन्तर्राष्ट्रिय मोटरस्पोर्टसमा तीन नेपाली ड्राइभर सहित ६ सदस्यिय टोलीलाई संघिय सांसद तथा पूर्व मन्त्री योगेश भट्टराई, बागमती प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव दिपक लामा, राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य अन्जन धमला तथा एफआइए वर्ल्ड काउन्सिल मेम्बर गोविन्द भट्टराई लगायतले नेपाली टिमलाई विदाई गरे ।

यस गेम्सको ई–स्पोर्टस जिटि विद्यामा दिप्रश शाक्यले प्रतिस्पर्धा गर्नेछन् भने कृष्ण प्रसाद पौडेल र प्रज्ञा कंडेलले अटो स्लालमका प्रतिस्पर्धि हुन् । नेपाल अटोमोवाइल्स एसोसिएसनका अध्यक्ष दशरथ रिसाल नेपाली टिमको अफिसियल डेलिगेट, टिम व्यवस्थापकमा यदुराज लामिछाने तथा टीकाराम यात्री मिडिया डेलिगेटको रुपमा नेपाली टिममा सहभागी छन् ।

प्रत्येक दुइ–दुइ वर्षमा हुने सो प्रतिष्ठित अन्तराष्ट्रिय प्लेटफर्ममा नेपालको सहभागीताले भर्खरै लोकप्रिय बन्दै गरेको मोटरस्पोटर्सको प्रवर्द्धन तथा विश्वस्तरिय ड्राइभरहरु तयार गर्न थप मदत पुग्ने विश्वास लिइएको छ । नेपाली टोली भोली स्पेन पुग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close