सहारा क्लब अस्ट्रेलियाको अध्यक्षमा पौडेल

पोखरा स्पोर्टस । साहारा क्लब अस्ट्रेलियाको अध्यक्षमा सिद्धार्थ पौडेल निर्विरोध निर्वाचित भएका छन्। सहारा क्लब अस्ट्रेलियाको साधारणसभा एवं विशेष अधिवेशनबाट पौडेल अध्यक्षमा निर्वाचित भएका हुन् ।

हालै मात्र सारा क्लब अस्ट्रेलियाका अध्यक्ष राजमान थकालीको अल्पायूमै निधन भएपछि सहारा क्लब अस्ट्रेलियाले साधारण सभा बोलाएको थियो । नवनिर्वाचित अध्यक्ष पौडेल विभिन्न सामाजिक क्रियाकलाप सँगै गैर आवाशिय नेपाली संघमा समेत आबद्ध छन्।

यसैगरी संस्थाको उपाध्यक्ष द्वयमा सन्तोष पाण्डे र पुस्कल थकाली, कोषाध्यक्षमा कल्याण खड्का, गौरव बराल, सचिवमा जेसिका तामाङ, सहसचिवमा अनन्त गुरुङ तथा कार्यकारी सदस्यमा निराजन श्रेष्ठ, राजन रजनी गुरुङ, सुर्य खनाल र प्रवक्तामा मदन कोइराला र सहप्रवक्तामा अवानी पौडेल निर्विरोध निर्वाचित भएको सहारा सहारा अस्ट्रेलियाले जनाएको छ ।

यसैगरी विभिन्न संयोजकहरूमा विभिन्न शहरको संयोजकहरुमा ज्ञानेन्द्र गौतम, सुवास श्रेष्ठ, साजन शर्मा, रोमन शाही र ईश्वर पहारी रहेका छन् ।

सहारा क्लब अस्ट्रेलिया सहारा क्लब पोखराको भातृ संस्था हो भने हरेक वर्ष आयोजना हुने आहा ! रारा गोल्ड कपमा दोस्रो नगद पुरस्कार राशी प्रायोजन गर्दै आइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close