नवलपुरमा सातौं सस्करणको ‘अन्तर्राष्ट्रिय आमन्त्रित राइनो गोल्डकप’ सुरू हुँदै

पोखरा स्पोर्टस । खेलकुदका माध्यमबाट बन्य जन्तु संरक्षणको अभियानमा सञ्चालन हुँदै आएको ‘सातौं सस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता २०८१’ भोली (शनिबार) बाट सुरू हुने भएको छ ।

राइनो क्लब मध्यविन्दु ४ ले आयोजना गर्ने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको क्लबले जनाएको छ । प्रतियोगितामा मित्रराष्ट्र भारतको एक क्लबसहित विभगिय क्लब नेपाल पुलिस क्लब र शसस्त्र प्रहरीको गरी कुल १२ टिमको सहभागिता रहेको छ ।

भोली (शनिबार) बाट सुरू हुने उक्त प्रतियोगिताको उद्घाटन खेल हनामी बिएफसी, चितवन र देशभक्त फुटबल क्लब, सरवालका बीच हुनेछ ।

उक्त प्रतियोगिताको गण्डकी प्रदेश सरकारका सामाजिक विकास, यूवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले उद्घाटन गर्ने तय भएको प्रदेश खेलकुद परिषदका सदस्य सचिब श्रीधर शर्माले पोखरा स्पोर्टसलाई जानकारी दिए ।

प्रतियोगितामा संकटा फुटबल क्लब, फर्साटिकर यूथ फुटबल क्लब, नमुना यूथ क्लब नवलपुर कावासोती, विरगंज युनाइटेड, कपिलबस्तु ११, नमोबुद्ध युथ क्लब सप्तरी, चित्लाङ फुटबल क्लब काठमाण्डौ र इम्फाल सिटी यूथ क्लबको सहभागिता रहेको छ ।

प्रतियोगितामा उपाधि बिजेता टिमले नगद रू ८ लाख र उपविजेताले नगद रू ४ लाखका साथमा कप, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । गत संस्करण गण्डकी प्रदेशले उपाधि जिते पनि यो वर्ष भने गण्डकीले सहभागिता जनाएको छैन ।

प्रतियोगिता सम्पन्न गर्न प्रदेश खेलकुद परिषद गण्डकी, डब्लु.डब्लु.एफलगायतले सहयोग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close