
पोखरा स्पोर्टस । कास्की जिल्लास्तरीय एक दिवशिय पुरुष क्रिकेट भोली (बिहिबार) बाट सुरु हुने भएको छ ।
कास्की जिल्ला क्रिकेट संघको आयोजनामा हुने उक्त प्रतियोगिता दुई साता सम्म पोखरा रंगशालामा सञ्चालन हुने भएको हो । प्रतियोगितामा कास्कीका ९ वटा क्लबहरुको सहभागिता हुने संघले जनाएको छ ।
तीन छुट्टा–छुट्टै समुहमा विभाजित क्लबहरुमा समुह ‘ए’मा सांंग्रिला क्रिकेट क्लब, पोखरा क्रिकेट क्लब र लेकसाइड क्रिकेट क्लब र समुह ‘बि’मा माछापुच्छ्रे क्रिकेट क्लब, कास्की क्रिकेट क्लब र लेखनाथ युथ क्रिकेट क्लब तथा समुह ‘सी’मा राइजिङ क्रिकेट क्लब, अरञ्यज्योती क्रिकेट क्लब र गण्डकी स्पोर्टस क्रिकेट क्लब रहेका छन् ।
असौज १२ गते सम्म सञ्चालन हुने गरी सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा सांंग्रिला क्रिकेट क्लबले लेकसाइड क्रिकेट क्लबको सामना गर्नेछ ।
उपाधि बिजेता टिमले रनिङ ट्रफी प्राप्त गर्ने कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले पोखरा स्पोर्टसलाई जानकारी दिए । प्रतियोगिताबाट पिएम कपका लागि छनौटको आधार तय गरिने अध्यक्ष सिग्देलले जानकारी दिए ।
प्रतियोगिता सम्पन्न गर्न करिव ४ लाख खर्च हुने आयोजकले जनाएको छ । सांग्रिला क्रिकेट क्लब गत वर्षको उपाधि बिजेता हो ।
