पोखरामा तेस्रो सस्करणको पर्वतिय क्रस–कन्ट्री दौडको तयारी सुरु

२ सय भन्दा बढि चिनियाँ धावक पोखरा आउने

पोखरा स्पोर्टस । खेलकुदका माध्यमबाट नेपाल र चीनबीचको पर्यटन र मित्रतालाई थप सुदृढ बनाउन कार्तिक २४ गते पोखरामा तेस्रो संस्करणको “पोखरा अन्तराष्ट्रिय पर्वतीय क्रस–कन्ट्री दौड प्रतियोगिता” आयोजना हुने भएको छ।

हिमालयन टुरजिम फोरमद्वारा पोखरामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा “साझा समृद्धिका लागि दौड” भन्ने उदघोषका साथ प्रतियोगिताको तयारी सुरु भएको जनाएको हो । खेलकुदका माध्यमबाट दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउने लक्ष्यका साथ आयोजित दौडमा नेपाल र चीनका धावकहरूको उत्साहजनक सहभागिता रहने भएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा ५० किलोमिटर लामो ट्रेल दौड, साइकलिङ र रोइङजस्ता प्रतिस्पर्धाहरु समावेश प्रतियोगितामा नेपाली खेलाडीलाई निःशुल्क दर्ता गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागिता जनाउन २ सय भन्दा बढि चिनियाँ धावक पोखरा आउने भएको आयोजकले जनाएको छ । 

प्रतियोगिताका मुख्य विशेषताहरू
टिम समूह दौड : ३० मिश्रित टोलीहरू सहभागिता जनाउने छन् जसमा २० नेपाली र १० चिनियाँ टोलीहरू समावेश हुनेछन् । उनीहरुले ५० किलोमिटर ट्रेल दौड, साइकलिङ, र रोइङको प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा बिजेता हुने पहिलो, दोस्रो, तेस्रो, चौथो हुने टोलीलाई मेडल तथा प्रमाणपत्रसहित क्रमश नगद रु ४ लाख ५८ हजार ४ सय, ३ लाख ४३ हजार ८ सय, २ लाख ९२ हजार २ सय, १ लाख ५२ हजार ८ सय, र ९५ हजार ५ सय प्रदान गरिनेछ ।

च्यालेन्ज  इन्डिभिजुअल ग्रुप (महिला/पुरुष) : (१ सय २० नेपाली र ८० जना चिनियाँ) दुई सयजना खेलाडीहरूको सहभागिता हुने छ । उनीहरुले ५० किलोमिटरको ट्रेल दौडमा सहभागि हुनेछन् । प्रतियोगितामा बिजेता हुने पहिलो, दोस्रो, तेस्रो, चौथो हुने टोलीलाई मेडल तथा प्रमाणपत्रसहित क्रमश  नगद रु १ लाख ५२ हजार ८ सय, १ लाख १४ हजार ६ सय, ७६ हजार ४ सय तथा चौथो देखि सातौं सम्मका बिजेताले क्रमश जनही नगद रु ३८ हजार २ सय, आठौं देखि दशौं सम्मका बिजेताले नगद रु १ लाख ५२ हजार ८ सय, र ९५ हजार ५ सय प्रदान गरिनेछ ।

छात्र/छात्रा दौड : पोखराका ५ सय भन्दा बढी विद्यार्थीहरूको सहभागिता हुने आयोजकले जनाएको छ । उक्त दौड २ किमिको हुने छ । बिजेता खेलाडीहरुले क्रमश जनही नगद रु ३० हजार, २५ हजार र २० हजार तथा चौथो देखि छैटौं सम्मका बिजेताहरुले समान नगद रु १०–१० हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् ।

ह्यापी रन : मनोरञ्जनात्मक रमाइलो दौड २ किलोमिटरको हुनेछ ।

नागरिकहरूलाई साझा समृद्धिको लागि प्रेरित गर्दै खेलकुदको माध्यमबाट दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाउन महत्वपूर्ण योगदान दिने विश्वास गरिएको आयोजक विश्व शंकर पालिखेले जनाएका छन् । प्रतियोगिता हिमालयन टुरिजम फोरमको व्यवस्थापनमा नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश सरकार, र पोखरा महानगरपालिकाको आयोजनामा सम्पन्न हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close