पोखरा वडा नं ५ स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

पोखरा स्पोर्टस । पोखरा महानगरपालिका वडा नम्बर ५ ले आयोजना गरेको ब्याडमिन्टन प्रतियोगता शनिबार सकिएको छ ।

गत असोज १६ गतेबाट सुरु भएको प्रतियोगितामा ए लेबलतर्फ केशव अधिकारी र प्रवेश गुरुङ प्रथम भएका छन् । बि लेभलतर्फ केशव बराल र प्रमोद बराल प्रथम भएका छन् । ए लेभलमा विश्व अधिकारी र अर्जुन मरासिनी द्वितीय, बि लेभलतर्फ ओम गुरुङ र पवन पराजुली द्वितीय भए ।

बेस्ट प्लेयर प्रवेश गुरुङ र प्रमोद बराल तथा ज्येष्ठ खेलाडी इन्द्रप्रसाद गुरुङ पुरस्कृत भएका छन् । विजेतालाई वडा न ५ का वडा अध्यक्ष विष्णुप्रसाद बरालसहित जनप्रतिनिधिहरु हरिमया बिक कल्पना छेत्री गोविन्दप्रसाद पराजुलले पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रममा वडाध्यक्ष बरालले प्रतियोगितामा खेलाडीको सहभागिता राम्रो र खेलको स्तर पनि उच्च रहेको बताए । निर्वतमान वडा अध्यक्ष धनबहादुर नेपाली, अग्रज खेलाडी बुद्धप्रसाद श्रेष्ठ, समाजसेवी जगदीश अधिकरी लगायतले खेलाडीहरुलाई पुरस्कृत गरेका थिए ।

संघीय सांसद दामोदर वैरागीले उद्घाटन गरेको खेलमा ३८ जना खेलाडी सहभागी भएका थिए ।

पोखरा ५ मालेपाटन स्थित रवीन्द्र स्मृति वाटिका ब्याडमिन्टन कोर्टमा प्रतियोगिता सञ्चालन भएको थियो । वडा सदस्य तथा कार्यक्रम संयोजक मणिराम बरालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन वडा सचिव लक्ष्मण शर्माले गरेका थिए । वडाध्यक्ष बरालका अनुसार वडाको वार्षिक कार्यक्रम अनुसार नै प्रतियोगता आयोजना गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close