पोखरामा क्रस कन्ट्रि साइक्लिङ प्रतियोगिता असार ४ गते

पोखरा स्पोर्टस । पोखरामा असार ४ गते क्रस कन्ट्रि साइक्लिङ प्रतियोगिता हुने भएको छ ।

पोखरा महानगर खेलकुद विकास समितिको आयोजना, कास्की जिल्ला साइक्लिङ संघ र साइकल सिटी पोखराको सह–आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो । करिव ४५ किलोमिटर लामो दुरीको उक्त प्रतियोगिता पोखरा १६ स्थित कालिखोलाको पुलबाट सुरु हुनेछ भने  र्‍यालेचौर, मौजा, अर्मलाकोट, घार्मी डाँडा हुँदै पुनः कालिखोलाको पुलमा पुगेर समापन हुने कास्की जिल्ला साइक्लिङ संघका अध्यक्ष शंकर भण्डारीले जनाएका छन् ।

प्रतियोगिता हुने रुटको निरिक्षण गर्दै टोली

पोखरालाई खेलकुद शहरको रुपमा परिचय गराउन उक्त प्रतियोगिताको आयोजना गरिएको पोखरा महानगर खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले बताए । उनले भने–“यो प्रतियोगिता नवौं राष्ट्रिय खेलकुदको लागि ‘ट्रायल’को रुपमा रहने छ ।” केही दिन अघि मात्रै रुट पहिचानका लागि एक टोली उक्त स्थानको अध्ययन भ्रमण समेत गरेको थियो । उक्त रुटको साइक्लिङ निकै रोमाञ्चक हुने आयोजकको भनाई छ । माछापुच्छ्रे हिमाल र पोखरा शहरलाई नजिकबाट अवलोकन गर्ने मात्र नभई प्रकिति, संस्कृति र सम्पदालाई जोड्न उक्त रुट तय गरिएको अध्यक्ष भण्डारीले बताए ।

प्रतियोगितामा महिला र पुरुष खेलाडी गरी ८० भन्दा वढीको सहभागिता रहने जनाउँदै संघका अध्यक्ष भण्डारीले प्रतियोगितामा विजेता प्रथम, द्वितिय र तृतिय हुने महिला तथा पुरुष खेलाडीले क्रमश नगद रु ३०, २० र १० हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताले पोखराको पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने अपेक्षा आयोजकले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close