
पोखरा स्पोर्टस । गण्डकी प्रदेशस्तरीय टेकबल संघ तदर्थ समितिको अध्यक्षमा सुजन आचार्य चयन भएका छन् । टेक बल संघ गण्डकीमा पहिलो पटक गठन भएको हो ।
पोखरामा मंगलबार सम्पन्न एक भेलाले आचार्यसहित १३ सदस्यिय कार्यसमिति चयन गरेको हो । संघको उपाध्यक्षमा पोषण बहादुर थापा, सचिब सन्तोष रेग्मी, कोषाध्यक्षमा सुजा गुरुङ रहेका छन् ।
त्यसै गरी संघको कार्यसमिति सदस्यमा दिपक राज भण्डारी, धमेन्द्र कुमार पुडासैनी, सुदिप आचार्य, मन्जु क्षेत्री, आशिष श्रेष्ठ, तिल बहादुर सेन (पारस) र प्रकाश थापा रहेका छन् ।
सम्पन्न भेलामा आफ्ना भनाई राख्दै प्रदेश खेलकुद परिषदका सल्लाहकार सम्पन्न श्रेष्ठले विश्वमा नै लोकप्रिय रहेको खेल टेक बल खेलको विकासको अभियानमा गठित कार्यसमितिले सफलता हासिल गर्ने विश्वास व्यक्त गरे ।
