एभरेष्ट महिला भलिबल लिग : गण्डकी र चितवन उद्घाटनमा भिड्दै

पोखरा स्पोर्टस । एभरेष्ट महिला भलिबल लिग अन्तर्गत उद्घाटन खेलमा गण्डकी थण्डर्स र चितवन शक्ति भिड्ने भएका छन् ।

नेपालमा नै पहिलो पटक सुरु हुन लागेको फ्रेन्चाइज महिला भलिबल लिग अन्तर्गत भोली (सोमबार)बाट दशरथ रंगशालास्थित उद्घाटन खेलमा उनीहरु भिड्ने भएका हुन् ।

प्रतियोगिता अन्तर्गत गण्डकी थण्डर्सको टिमको कप्तानी मार्की प्लेयरमा रहेकी नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी चर्चित स्पाइकर सरस्वती चौधरी रहेकी छन् भने चतिवन शक्तिमा नेपाली राष्ट्रिय टोलीकी सफल कप्तान अरुणा शाहीले कप्तानी सम्हालेकी छन् ।

गण्डकी थण्डर्स र चितवन शक्ति दुबै टिममा तीन–तीन जना बिदेशी खेलाडीसहित राष्ट्रिय टिमका महत्वपूर्ण खेलाडी र एक–एक जना ट्यालेन्ट हन्ट कार्यक्रमबाट छनौट भएका खेलाडी समावेश छन् ।

चितवन शक्तिमा कप्तान अरुणा शाहीसहित सुर्या सरसुरी, केपी अनुश्री, अन्ना डिमीत्रिभा, सनिता खड्का, सरस्वती कट्टेल, एन्जिला प्रधान, जेनिशा विश्वकर्मा, सलिना बुढा मगर, वाल्मिका आचार्य, भावना डाँगी र नितीशा महतो रहेका छन् । त्यस मध्ये अपोजिट हिटर समेत रहेकी अन्ना डिमीत्रिभा रसियन खेलाडी हुन् भने सुर्या सरसुरी र केपी अनुश्री भारतिय खेलाडी हुन् ।

यता गण्डकी थण्डर्स समेत तीन बिदेशी खेलाडीसहित मैदानमा उत्रिने छ । सरस्वती चौधरीको नेतृत्वमा दुइ रसियन खेलाडी एलिसा टुविएक र एकातेरिना ज्याभ्यागिन्त्सेव तथा भारतिय खेलाडी शिल्पा नायर रहेका छन् । त्यसै गरी प्रगती नाथ, कविता भट्ट, लक्ष्मी चन्द, रिमा कुंवर, आरती चौधरी, स्नेहा ठगुन्ना, सरस्वती जैशी र सोइङ थापा रहेका छन् । सोइङ ट्यालेन्ट हन्टबाट छनौट भएकी खेलाडी हुन् ।

गण्डकी थण्डर्सले आज एक कार्यक्रम गरी आफ्नो तयारी बारे जानकारी दिने गरी कार्यक्रम अघि सारेको छ । गण्डकी थण्डर्सका निर्देशक विकास खेतानले आफ्नो टिम भोली हुने उद्घाटन खेलमा जितको सुरुवात गर्ने गरी मैदानमा उत्रिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close