कास्की टेनिसको लोभ लाग्दो उपलव्धि, यूवा खेलाडी उत्पादनमा जोड्

पोखरा स्पोर्टस । पछिल्लो समय कास्की टेनिसले लोभ लाग्दो उपलव्धि हासिल गरेको छ । कुनै समय पाको उमेरकाहरुले ‘भुँडी घटाउन’ मात्रै खेल्ने खेल भन्दै खिसिटियुरी गरिने टेनिसको जग यूवा खेलाडी उत्पादन सँगै थप आकर्षकको केन्द्र समेत बन्दै गएको हो ।

कास्की टेनिसलाई यहाँ सम्म ल्याइ पुर्‍याउन तिनै पाका खेलाडीहरुको ठूलो देन छ जसले आफ्नो स्वास्थ्यलाई चुस्त बनाउन टेनिस खेल मात्रै रोजेनन टेनिसको भौतिक पूर्वाधारको विकास र यूवा खेलाडी उत्पादनमा समेत उत्तिकै खरो तरिकाले लागे । ति मध्ये एक हुन विनोद कायस्थ । उनी सँगै टेनिसको विकासमा खट्ने व्यक्ति हुन् दोर्जे लामा, लोक बहादुर गुरुङ, राजु गुरुङ, लगायत ।

पोखरामा टेनिस खेल प्रति आकर्षण बढ्नुको पछाडी कास्की टेनिसको योगदान नै हो । जुनियर, सिनियर, भेट्रान सँगै अन्तर्राष्ट्रियस्तरका प्रतियोगिताहरु आयोजना गर्ने तथा टेनिस खेल्न रुचाउनेहरुलाई सँधै स्वागत गर्ने । दुई वर्ष अघि पोखरामा टेनिसका दुई वटा प्रतियोगिता सम्पन्न भए । यू १४ को एटिफ टुर टेनिस र यू–१८ को आइटिएफ टेनिस टुर प्रतियोगिता । यो वर्ष समेत यू–१८ टेनिसले निरन्तरता पाउँदैछ । माछापुच्छ्रे र अन्नपूर्ण हिमाललाई काखमा राखेर पोखरामा टेनिस खेल्नुको मज्जानै छुट्टै हुने जुन सुकै खेलाडीले मनन गर्न सक्छन । त्यही भएर कास्कीको टेनिसको पछिल्लो समयको विकास लोभलाग्दो छ ।

पोखराको पिएन क्याम्पस हुँदै महेन्द्रपुल पोखरा स्पोर्टस सेन्टर बाट करिव २४ वर्ष अघि शुरु भएको पोखराको टेनिस खेलको इतिहास पोखराको पर्स्याङ हुँदै पोखरा रंगशाला प्रवेश गरेको हो । २०७१ सालमा टेनिस पूर्वाधार निर्माणका लागि जग्गा प्राप्ती हुनासाथ टेनिस खेल्ने ति पाका उमेरका खेलाडी जुटे पूर्वाधार निर्माण तर्फ । आफ्नो खल्ती हुँदै पोखराका व्यवसायीलाई तथा जनमानसलाई टेनिस खेलको विकासमा एकजुट पार्न उनीहरुको टिमले राम्रो भूमिका खेल्यो ।

राज्यको लगानी नभए पनि जनस्तर बाट कल्पना गर्नै नसक्ने काम भएको छ टेनिसमा । पोखरामा राज्यको लगानी बिना ७ वटा क्ले कोर्टहरु निर्माण भए । पूर्वाधार तयार भयो तर खेलाडी भने तिनै पाका उमेरका नै थिए । उनीहरुलाई टेनिस खेलाडी उत्पादनमा निकै संघर्ष गर्नुपर्ने अनुभव सुनाउँछन बिनोद । ‘तिमीहरु आँट म पुर्‍याउँछु भने जस्तै भयो’ बिनोद हिजोका ति अठिन दिन सम्झिँदै भन्छन–‘हाम्रो सोच र मेहनतले यति बेला दिन प्रतिदिन सफलिभुत बन्दै गएको छ ।’

२०२८ सालमा पृथ्वी नारायण क्याम्पस बाट शुरुवात भएको पोखराको टेनिस खेलको इतिहासको जग बसाउने श्रेय तत्कालिन क्याम्पस प्रमुख जर्ज जोन, प्रा.डा.विरेन्द्र सिंह गुरुङ र स्व.महेन्द्र सिंह थापालाई जान्छ । जर्ज जोनको छोरा अनु जोन पहिलो पटक पोखरा बाट प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय टेनिस ऐरिनामा सन १९८४ ताका भारतको चन्डिगढ र वंगालादेशको ढाकामा भएको टेनिस क्याम्पमा पुगेका थिए । त्यस पछि पृथ्वीनारायण क्याम्पसमा तत्कालिन खेलकुद विभागका प्रमखु स्व. रञ्जित गुरुङका छोराहरु राजु र पमाले पोखराको प्रतिनिधित्व गरेको इतिहास छ । अनु जोन अहिले पनि सिङ्गापुरमा टेनिस प्रशिक्षण गराउँछन् । पेशाले उनी इन्जिनियर हुन । त्यस पछि पोखराको टेनिसमा कुमार अधिकारी उदाय । कुमार यति बेला मालदिभ्सको प्रशिक्षकको रुपमा कार्यरत छन् । कुमार सँगै महेश्वर तिवारीले समेत यस क्षेत्रको प्रतिनिधित्व गरे ।

राज्यको लगानी नभए पनि जनस्तर बाट कल्पना गर्नै नसक्ने काम भएको छ टेनिसमा । पोखरामा राज्यको लगानी बिना ७ वटा क्ले कोर्टहरु निर्माण भए । पूर्वाधार तयार भयो तर खेलाडी भने तिनै पाका उमेरका नै थिए । उनीहरुलाई टेनिस खेलाडी उत्पादनमा निकै संघर्ष गर्नुपर्ने अनुभव सुनाउँछन बिनोद । ‘तिमीहरु आँट म पुर्‍याउँछु भने जस्तै भयो’ बिनोद हिजोका ति अठिन दिन सम्झिँदै भन्छन–‘हाम्रो सोच र मेहनतले यति बेला दिन प्रतिदिन सफलिभुत बन्दै गएको छ ।’

राष्ट्रिय टेनिसमा पोखराले यति बेला भने सुखद नतिजा निकाल्न सुरुवात गरेको छ । जुनियर खेलाडी मध्ये प्रज्वल कायस्थ र उनका भाई प्रनव कायस्थले नेपालबाट धेरै देशको टुर गरे । उनीहरु दुवै जना विनोदका छोराहरु हुन् । पोखराको टेनिस खेलको सुखद पक्ष के पनि हो भने अग्रज खेलाडीहरुले आफ्ना छोरा छोरीलाई आफ्नो खेलको बाटोमा सँगै डो¥याएका छन् । सिनियर खेलाडी मध्ये पोखराबाट छुटाउन नहुने नाम हो अभिषेक वास्तोला । उनी यति बेला अमेरिकामा प्रशिक्षणरत छन् ।

नयाँ उदियमान सिनियर खेलाडीमा प्रदिप खड्का, नविन मगर, अनिल शाही, संरक्षण भुषण बज्राचार्य, प्रेरणा कोइरालाको नाम आउँछ । उनीहरु १३ औं सागका पदक विजेता खेलाडी समेत हुन् । यू–१२ का दर्शिल श्रेष्ठ, साश्वत वज्राचार्य, सृजन भट्टराई, यू–१० का स्पन्दन उदास, यू–८ का अर्याशराज पौडेल, यू–८ का निहाल जङ्ग थापा भावी पुस्ताका खेलाडीको रुपमा वामे सर्दैछन् ।

पोखरामा टेनिस खेल प्रति आकर्षण बढ्नुको पछाडी कास्की टेनिसको योगदान नै हो । जुनियर, सिनियर, भेट्रान सँगै अन्तर्राष्ट्रियस्तरका प्रतियोगिताहरु आयोजना गर्ने तथा टेनिस खेल्न रुचाउनेहरुलाई सँधै स्वागत गर्ने । दुई वर्ष अघि पोखरामा टेनिसका दुई वटा प्रतियोगिता सम्पन्न भए । यू १४ को एटिफ टुर टेनिस र यू–१८ को आइटिएफ टेनिस टुर प्रतियोगिता । यो वर्ष समेत यू–१८ टेनिसले निरन्तरता पाउँदैछ । माछापुच्छ्रे र अन्नपूर्ण हिमाललाई काखमा राखेर पोखरामा टेनिस खेल्नुको मज्जानै छुट्टै हुने जुन सुकै खेलाडीले मनन गर्न सक्छन । त्यही भएर कास्कीको टेनिसको पछिल्लो समयको विकास लोभलाग्दो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close