वाई वाई यू–१९ क्रिकेट छनौटमा तनहु ९ विकेटले बिजयी

पोखरा स्पोर्टस । वाई वाई यू–१९ क्रिकेट छनौटमा तनहु ९ विकेटले बिजयी भएको छ ।

पोखरा रंगशालामा जारी समुह ए अन्तर्गतको खेलमा पर्वत विरुद्धको खेलमा तनहुँ ९ विकेटले बिजयी भएको हो । तनहुँका बलर देव कुमार पासवानको घातक बलिङमा पर्वत २६.५ ओभरमा सबै विकेट गुमाउँदै ७६ रनमा समेटिए पछि तनहुँले सहज जित दर्ता गरेको हो । म्यान अफ दि म्याच समेत रहेका देव कुमारले ९ ओभरमा १५ रन दिएर ४ विकेट झारे ।

तनहुँले टस जितेर व्याटिङको निम्तो पाएको पर्वतका दुई खेलाडी मात्रै दोहोरो अंकको रन जोडे । सन्देश खड्काले २४ बलमा १८ र अभिराज पटेलले ११ रन बाहेक अन्य खेलाडी प्रदर्शन खराब रह्यो । पवर्तले २३ रन अतिरिक्त रन पाएको थियो । चार खेलाडी सुन्य रनमा नै पेभिलिएन फर्किए । तनहुँका लागि वंश क्षेत्री र सानोत्या बन्जराले समान २–२ विकेट लिए ।

यता जवाफी व्याटिङमा उत्रिएको तनहुँले १८.१ ओभरमा एक विकेट गुमाउँदै लक्ष्य भेटट्यायो । इशान क्षेत्री १८ र बंश क्षेत्रीले २१ रन बनाउँदै नट आउट रहँदा सुप्रिन सुनार २५ रन बनाउँदै रिटायर्ड हर्ट हुँदै पेभिलियन फर्किएका थिए ।

भोली (बुधबार)को खेल तनहुँ र कास्कीका बिच हुने प्रादेशिक क्रिकेट संघ गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले पोखरा स्पोर्टसलाई जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close