
पोखरा, कक्षा १२ तथा कलेजहरुको छाता संस्था हिसान कास्कीले आयोजनागर्ने ‘हिसान स्पोर्टस मिट २०७६’ पुष ९ गते बाट संचालन हुने भएको छ ।
२०६४ साल देखि निरन्तर रुपमा सञ्चालन हुँदै आएको हिसान स्पोर्टस् मिटको १३ औँ संस्करण पुष १२ सम्म संचालन हुने कार्यक्रमका प्रचार–प्रसार प्रमुख एवं हिसान कास्कीका पूर्व अध्यक्ष रमाकान्त बरालले जानकारी दिएका छन ।
हिसान स्पोर्टस मिट अन्तरगत छात्र–छात्रा बास्केटबल, भलिबल र टेबल टेनिसका खेलहरु हुनेछन ।
विद्यार्थी विद्यार्थी बिच र विद्यालय बिच आपसी समझदारी एवं भाइचाराको भावना विकसित गर्ने तथा विद्यार्थीको सुर्वाङ्गीण विकासको लागि स्पोर्टस मिट सञ्चालन गर्न विभिन्न समितिहरु गठन गरिएको बरालले बताए ।
हिसानका पूर्व अध्यक्ष बाबुराम पन्तको अध्यक्षतामा विभिन्न १४ उप–समितिहरु बनाइएका छन् । भलिबल तर्फको संयोजकमा पुरन कुवँर र सदस्यहरुमा दिवाकर जैसी, अशोक शाही, विश्वराज वास्तोला, धन बहादुर नेपाली चयन गरिएको छ ।
वास्केटबलको संयोजकमा पुष्पराज पराजुली र सदस्यहरुमा तारा बहादुर घिमिरे, धर्मराज कोइराला, अनन्दराज अधिकारी र रामचन्द्र पौडेल चयन गरिएको छ । टेवल टेनिस तर्फको संयोजकमा दुर्गादत्त पंगेनी र सदस्यहरुमा सुदर्शन पौडेल, नरेश तिमिल्सिना, दुर्गा बहादुर थापा र टेक बहादुर गरुङ्ग चयन गरिएको छ ।
खाना तथा खाजा संयोजकमा ढाकाराम कडेल र सदस्यहरुमा राजेन्द्र मनि पौडेल, प्रेमराज अधिकारी चयन गरिएको छ । स्टेज तथा साउन्ड व्यवस्थापन संयोजकमा सुन्दर प्रसाद ढकाल र सदस्यहरुमा चन्दा थापा, लिला प्रधान, डिल्ली राम अर्याल र वेद प्रसाद वास्ताकोटी चयन गरिएको छ ।
स्वास्थ्य तथा सुरक्षा संयोजकमा शेर बहादु गुरुङ्ग, रत्नमान गुरुङ्ग र रमाकान्त बराल चयन गरिएको छ । मेडल, पुरस्कार तथा सर्टिफिकेट संयोजकमा नारायण शर्मा चापाँगाई र सदस्यहरुमा ढाकाराम कडेल, फनिन्द्र प्रसाद अधिकारी र विद्या गुरुङ्ग चयन चरिएको छ ।
संचार तथा प्रचार–प्रसार संयोजकमा रमाकान्त बराल र सदस्यहरुमा कृष्ण सापकोटा र पुण्य प्रसाद शर्मा चयन गरिएको छ । न्यायीक संयोजकमा सूर्य बहादुर जे.सी र सदस्यहरुमा रमाकान्त बराल, शेर बहादुर गुरुङ्ग, डोल राज पाण्डे र रामजी शर्मा चयन गरिएको छ । कार्यालय व्यवस्थापन समितिमा संयोजक दिवाकर जैशी र सदस्यहरुमा विद्या गुरुङ्ग चयन गरिएको छ । आर्थिक व्यवस्थापन समितिमा संयोजक डा. त्रिभुवन शर्मा र सदस्यहरुमा रामजी शर्मा, बाबुराम पन्त, रमाकान्त बराल, शेर बहादुर गुरुङ्ग, प्रद्युम के.सी, ढाकाराम कडेल, दिवाकर जैेशी र पुरन कुवँर चयन गरिएको छ ।
अतिथी सत्कार तथा स्वागत संयोजकमा याम बहादुर रोका र सदस्यहरुमा राम बहादुर मोेची, चन्दा थापा, लिला प्रधान, उमा लामिछाने, कमला प्रधान र साधना गौतम चयन गरिनुका साथै विशेष व्यक्तित्व व्यवस्थापन संयोजकमा रामजी शर्मा र सदस्यहरुमा बाबुराम पन्त, सूर्य बहादुर जि.सी, शेर बहादुर गुरुङ्ग, रमाकान्त बराल, डोलराज पाण्डे र डा.चैतन्य राज अधिकारी चयन गरिएको प्रचार–प्रसार प्रमुख रमाकान्त बरालले जानकारी गारएका छन ।
हिसान कास्कीका अध्यक्ष डा. रामजी शर्माको अध्यक्षतामा हालै बसेको बैठकले १७ जनाको मूल व्यवस्थापन समिति बनाइएको छ भने काम सु–सम्पन्न गर्न करिब ७ लाख खर्च हुने आर्थिक उप समितिका संयोजक डा.त्रिभुवन शर्माले जानकारी गराए ।
हिसान कास्कीमा ६० भन्दा बढी शिक्षण संस्थाहरु आवद्ध रहेका छन ।
