थाक खेलकुद तथा सांस्कृतिक महोत्सवमा ‘योगेन्द्र शेरचन’ सम्मानित

पोखरा स्पोर्टस । मुस्ताङको जिल्लाको पर्यटकिए एवं ऐतिहासिक गाउँ मार्फामा एसियाली आर्चरी खेलाडी योगेन्द्र शेरचन सम्मानित भएका छन् ।

मुस्ताङ थाक खेलकुद तथा सांस्कृतिक विकास संघको आयोजनामा शनिबारबाट सुरु भएको ५१ औं मुस्ताङ थाक खेलकुद तथा सांस्कृतिक कार्यक्रम २०८१ को उद्घाटनको अवसरमा शेरचनलाई सम्मान गरिएको हो । उनलाई पूर्व संविधान सभा सदस्य एवं पूर्व मन्त्री रोमी गौचन थकालीले सम्मान गरेका थिए ।

लामो समय देखि आर्चरी खेलको विकास एवं प्रवर्द्धनमा व्यस्त शेरचन प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य समेत हुन् भने उनी चिनको होङझावमा सम्पन्न १९ औं एसियाली खेलकुदमा खेलाडीको रुपमा सहभागि थिए । उनी नेपाल आर्चरी संघको सचिब संगै कास्की आर्चरी संघका अध्यक्ष समेत हुन् । मुस्ताङ लेतेका स्थायी निवासी शेरचन पोखरामा रहेर आर्चरी खेल संगै व्यवसायिक जिवनमा व्यस्त छन् ।

५१ औं मुस्ताङ थाक खेलकुद तथा सांस्कृतिक कार्यक्रम २०८१ शनिबार बाट औपचारिक रुपमा सुरु भएको छ । कार्यक्रम अन्तर्गत महिला तथा पुरुष भलिबल, परम्परागत तारा खेल, आर्चरी खेल र सांस्कृतिक कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष कृष्ण कुमार शेरचनले पोखरा स्पोर्टलाई जानकारी दिए ।

भलिबल प्रतियोगिताअन्तर्गत महिलातर्फ ४ टिम र पुरुषतर्फ ६ टिमको सहभागिता रहेको छ । पुरुषतर्फ बिजेताले नगद रु १ लाख ५० हजार र उपविजेताले नगद रु १ लाखका साथमा ट्रफी तथा मेडल प्र्राप्त गर्नेछन् । त्यसै गरि महिलातर्फ बिजेताले नगद रु १ लाख र उपविजेताले नगद रु ७५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

यस्तै परम्परागत तारा खेलतर्फको प्रतिस्पर्धा भने पहिलो दिन नै सम्पन्न भएको छ । सो प्रतिस्पर्धामा निर्मल स्पोर्टिङ्ग क्लब लेतेले उपाधि जितेको छ भने अन्नपूर्ण क्लब उपविजेता रहेको छ । बिजेताले नगद रु ५० हजार र उपविजेताले नगद रु ३५ हजारका साथमा मेडल तथा ट्रफी हात पारेका छन् ।

यता आर्चरी भने आइतबार हुने आयोजकले जनाएको छ ।

५४ वर्ष अघि मुस्ताङको ऐतिहासिक स्थललाई खेलकुद र सांस्कृतिक गाउँको रुपमा परिचय गराउन गठित मुस्ताङ थाक खेलकुद तथा सांस्कृतिक विकास संघले आयोजना गर्ने उक्त कार्यक्रमले ५१ संस्करण सम्म आइपुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close