काठमाडौं म्याराथन असोज १२ गते, तयारी तिव्र, १६ देशका ६६ धावक म्याराथनमा सहभागिता

पोखरा स्पोर्टस । काठमाडौं यहि असोज १२ (२०२४ सेप्टेम्बर २८) हुने भएको छ । २००७ मा सुरु भएको काठमाडौं म्याराथनको यो १६ औं सस्करण हो ।

काठमाण्डौ म्याराथनमा १६ देशका ६६ अन्तर्राष्ट्रिय धावकसँगै कुल तीन हजार भन्दा बढीको सहभागिता रहने आयोजक संस्था एनआरएस स्पोर्टस फाउन्डेसनका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले जनाएका छन् ।

काठमाण्डौ म्याराथनका प्रमुख आकषर्ण

  •  म्याराथनमा १ सय ७० जनाले सहभागिताका लागि नाम दर्ता । त्यस्तै हाफ म्याराथन ५ सय ५० ले नाम दर्ता ।
  •  सरकारी र निजी गरेर ६० भन्दा बढी विद्यालयका छात्र–छात्राले पाँच किलोमिटर दौड र तीन किलोमिटर खुल्ला दौडमा सहभागिता जनाउने ।
  • फेमिली रनमा १९ परिवारको सहभागिता ।

काठमाडौं म्याराथनका मुख्य आयोजक श्रेष्ठले दौडका बेला ट्राफिक व्यवस्थापन नै सबैभन्दा ठूलो चुनौती रहेको बताएका छन् । उनले दौडका बेला ट्राफिक व्यवस्थापनका लागि सम्बन्धित निकायसँग छलफल भइरहेको पनि बताए । उनका अनुसार दौडलाई सुचारु रुपमा सञ्चालनका लागि सडकको एक भागलाई बन्द गर्ने तथा धावकहरुको पूर्ण सुरक्षाको तयारी गर्ने जनाए ।

उनले भने, ‘मलाई पूरा विश्वास छ, ट्राफिक व्यवस्थापन निकायले दौडका बेला चाहिने सबै जिम्मेवारी गम्भीर भएर पूरा गर्नेछ र खेल शहरका रूपमा काठमाडौंको छवि कायम राख्न मद्धत पुग्नेछ ।’ उनले सटिक ट्राफिक व्यवस्थापनले खेलाडीलाई मात्र सजिलो हुने नभएर सहरको छवि ब्रान्डिङ तथा पर्यटन विकासमा पनि सहयोग पुग्ने उल्लेख गरे ।

म्याराथन र हाफ म्याराथन दौडमा इलेक्ट्रिक टाइमिङ प्रयोग हुनेछ । यसले धावक धाविकालाई अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा छनोटका लागि पनि सहयोग पुग्नेछ । दौडमा चार सय भन्दा बढी स्वंय सेवक तथा खेल टेक्निकल अफिसियलको सहभागिता रहनेछ । हाफ म्याराथनमा पहिलो पटक पेसर्सको पनि प्रयोग गरिनेछ । यसका लागि बंगलादेश र भारतबाट विज्ञहरू नेपाल आइपुगिसकेका छन् ।

म्याराथन र हाफ म्याराथनको दौड त्रिपुरेश्वरबाट सुरु हुनेछ । दौडका बेला प्रयोग हुने रुट त्यस दिन पाँच घण्टाका लागि सकेसम्म आफ्नो सवारी सधान त्यस रुटमा प्रयोग नगरिदिन हुन पनि काठमाडौंबासीलाई अनुरोध गरिएको छ । प्रमुख आयोजक श्रेष्ठले दौडका प्रमुख साझेदार र सहयोगी नेपाल एथलेटिक्स संघ, राष्ट्रिय खेलकुद परिषद र नेपाल ओलम्पिक कमिटी लगायत पत्रकार, निर्णायक, स्वंय सेवक, प्रायोजकलाई धन्यवाद व्यक्त गरेको छ ।

त्यसै गरी म्याराथनको सहयोगी संस्था मध्येको एक ‘योर फेस बाई इन ड्राइभ’ अन्तर्गतको ‘योर पेस किप फिट सर्किट’ प्रति आभार व्यक्त गर्दै उनीहरुको सहयोगमा एक वर्षदेखि दौडको निःशुल्क प्रशिक्षणमा सहभागि रहेका ४ सय ५० विद्यार्थीहरूले समेत काठमाडौं म्याराथनमा सहभागिता जनाउने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close