
पोखरा स्पोर्टस । पोखरामा हाप्किडो खेलको विशेष सेमिनार सम्पन्न भएको छ ।
गण्डकी प्रदेशको बिभिन्न जिल्लामा हाप्किडो खेलको प्रशिक्षण सन्चालनको लागि विशेष सेमिनारको आयोजना गरिएको हो । खेलाडी तथा प्रशिक्षकहरुको क्षमता विकासका लागि प्रशिक्षण दिइएको नेपाल हाप्किडो संघका अध्यक्ष काली बहादुर घर्ती मगरले जानकारी दिएका छन् ।

कास्की जिल्ला हाप्किडो संघको आयोजना र नेपाल हाप्किडो संघ तथा पोखरा महानगर हाप्किडो संघको सहकार्यमा भएको विशेष सेमिनारमा नेपाल हाप्किडो संघका केन्द्रिय अध्यक्ष घर्ती मगर, केन्द्रिय सदस्यहरु खिम पुन मगर र धनराज गुरुङ, केन्द्रिय प्रमुख प्रशिक्षक प्रविन गुरुङ तथा आयोजक कास्की जिल्ला हाप्किडो संघका अध्यक्ष रविन गुरुङ र पोखरा महानगर हाप्किडो संघका अध्यक्ष ओम थापा लगायतको सहभागिता रहेको थियो ।
उक्त सेमीनारमा करिव १ सय भन्दा बढिले सहभागिता जनाएका छन् । प्रशिक्षण लगतै गण्डकी प्रदेशका सबै जिल्लाका विद्यालयहरुमा हाप्किडो प्रशिक्षण सुरु गरिने अध्यक्ष घर्ती मगरले बताए । पोखरा, पर्वत, बाग्लुङ, तनहुँ, म्याग्दी, गोरखा, स्याङजा, नवलपुर, लम्जुङसहित ९ जिल्लामा जिल्लामा प्रशिक्षण सुरु भइसकेको र विद्यालयस्तर बाटै गण्डकीमा हप्किडो खेलको जग बलियो बनाउन सेमीनारले सहयोग पुग्ने उनको भनाई थियो ।
कोरियन मार्शल आर्ट खेल कलामा आधारित हाप्किडो विशेष गरी आत्मरक्षाका लागि महत्वपूर्ण मार्शल आर्ट मध्येको एक खेल हो ।
