एसियन ट्रेल मास्टर च्याम्पियनसिपमा प्रिया बिजयी

पोखरा स्पोर्टस । एसियन ट्रेल मास्टर च्याम्पियनसिप २०२४ मा  महिलातर्फ नेपाली धाविका प्रिया राई विजयी भएकी छन् ।

मलेसियाको सबाहमा सम्पन्न ७८ किलोमिट लामो ट्रेल रेसमा प्रियाले १० घन्टा ४८ मिनेट ५९ सेकेण्डमा दौड पुरा गर्दै बिजेता बनेकी हुन् । जित पछि कुरा गर्दै प्रियाले यो जित आफ्नो लागि निकै महत्वपूर्ण रहेको बताएकी छन् । उनले भनेकी छन्–“यो प्रतिस्पर्धा निकै कठिन थियो । तर मैले राम्रो समय निकाल्दै जित हासिल गरे । यो जितबाट म निकै खुसी छु ।”

त्यस्तै नेपाली अर्की धाविका रशिला तामाङ तेस्रो भएकी छन् । ७८ किमिको दौड १३ घन्टा १५ मिनेट ९ सेकेण्डमा उनले दौड पुरा गरिन् । प्रतियोगितामा सिङ्गापुरकी भान्जा सिनोप्सले १२ घन्टा ३६ मिनेट २ सेकेण्डको समय निकाल्दै दोस्रो भएकी छन् ।

त्यस्तै नेपाली धाविका चोकी शेर्पाले सातौं स्थान हासिल गरेकी छन् । उनले १४ घन्टा २० मिनेट १४ सेकेण्डमा दौड पुरा गरेकी हुन् ।

यता पुरुष तर्फ भने नेपालका अर्जुन कुलुङ राईले १० औं स्थान प्राप्त गरे । 

प्रतियोगितामा सहभागिता जनाउन ९ सदस्यिय टोली मलेसिया पुगेको थियो । प्रतियोगितामा रशिला तामाङ, प्रिया राई, छोकी शेर्पा, पदमकुमारी सुनुवार, आङ फुर्वा शेर्पा, मिलन कुलुङ, लोकेन्द्र राई, अर्जुन कुलुङ राई र फुर्पा सिंगी तामाङले नेपालको चुनौती प्रस्तुत गरेका थिए । टोलीको प्रशिक्षकमा पूर्ण तामाङ तथा अफिसियलमा सुवास थापा र रिकेश योञ्जन रहेका थिए ।

नेपाली टोली नेपाल एडभेन्चर रनिङ महासंघको नेतृत्वमा मलेसिया पुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close