काभा यु–२० पुरुष खेलाडीहरुको नाम घोषणा, गण्डकीका तीन खेलाडी टिममा

पोखरा स्पोर्टस । सेन्ट्रल एसियन भलिबल संघको आयोजना हुने काभा यू–२० पुरुष भलिबल च्याम्पियनसिपमा सहभागि हुने खेलाडीहरुको नाम घोषणा गरिएको छ ।

नेपाल भलिबल संघले सामाजिक सञ्जाल मार्फत १२ जना खेलाडीहरुको अन्तिम नामावली घोषणा गरेको हो । टिममा तीन जना गण्डकी प्रदेशका खेलाडी समावेश छन् । गण्डकीबाट छनौट भएका खेलाडीहरुमा विश्वास अधिकारी, जित बहादुर सार्की र सूर्य विक रहेका छन् ।

त्यसै गरी टिममा पहल गहतराज (कर्णाली), सुरेश मल्ल (सुदुरपश्चिम), अर्जुन नेपाली (सुदुरपश्चिम), अशोक राना (सुदुरपश्चिम), शैलेन्द्र यादव (मधेश प्रदेश), सुजन सुनार (बागमती), सागर रसौली (लुम्बिनी), रेशमान राहादी (लुम्बिनी) र दिपेश कुंवर (लुम्बिनी) रहेका छन् ।

काभा यू–२० पुरुष भलिबल च्याम्पियनसिप यहि २०२४ को अक्टोबर ४ देखि १२ सम्म कोलम्बो, श्रीलङ्कामा सञ्चालन हुनेछ । नेपाल यू(२० पुरुष भलिबल टिमले पहिलो पटक अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा सहभागिता जनाउँनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close