एनओसीका अध्यक्ष श्रेष्ठ ओसीएको कार्यकारी सदस्यमा निर्वाचित

पोखरा स्पोर्टस । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ आइतबार ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) को कार्यकारणी कमिटीको सदस्यमा निर्वाचित भएका छन् । यस्तै उनी ओसीएको स्पोर्टस एन्ड इनभारोमेन्ट कमिटीको अध्यक्षमा पनि चिर्वाचित भएका हुन् ।

ओसीएको भारतीय राजधानी नयाँ दिल्ली स्थिति भारत मण्डपमा भएको ४४ औं साधारण सभामा अध्यक्ष श्रेष्ठ कार्यकारणी कमिटीको सदस्य तथा स्पोर्टस एन्ड इनभारोमेन्ट कमिटीको अध्यक्षमा चुनिएका हुन् ।

त्यस साधारण सभामा ओसीएको अध्यक्षमा राजा रणधीर सिं पनि निर्वाचित भएका छन् । नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले साधारण सभाको निर्वाचन मण्डलको सदस्यका रूपमा भूमिका निभाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close