नवलपुरमा थारु जातीहरुको परम्परागत ‘भोदी’ खेल सम्पन्न

पोखरा स्पोर्टस । नवलपुरमा थारु जातीहरुको परम्परागत भोदी खेल सम्पन्न भएको छ ।

उक्त प्रतियोगिता थारु कल्याणकारी सभा नवलपुरको आयोजनामा सम्पन्न भएको हो । उक्त प्रतियोगितामा राम मन्दिर यूवा क्लब कावासोती बिजयी भएको छ भने दोस्राृ स्थान आसरा थारु समाज कावासोती तथा तेस्रो स्थान नेशनल यूथ क्लब कावासोतीले प्राप्त गर्न सफल रहे ।

प्रतियोगितामा पहिलो, दोस्रो र तस्रो स्थान प्राप्त गर्न सफल टिमले क्रमश नगद रु १२ हजार, १० हजार ८ हजारका साथमा मेडल, ट्रफी तथा प्रमाणपत्र हात पार्न सफल भएका छन् ।

भोदी तथा झम्टा सांस्कृतिक महोत्सव अन्तर्गत उक्त प्रतियोगितामा बिजेता टिम तथा खेलाडीहरुलाई प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिब श्रीधर शर्माले नगद, ट्रफी तथा मेडल वितरण गरेका थिए ।

यस अघि प्रतियोगिताको उद्घाट्न सदस्य सचिब शर्माले एक भव्य कार्यक्रमका बिच गरेका थिए । उनले गण्डकी प्रदेशका परम्परागत खेलहरुको संरक्षण गर्ने अभियान अन्तर्गत परिषदले सहकार्य गरेको जनाउँदै प्रतियोगिताले यूवाहरुलाई समाजमा सकरात्म बाटोमा हिडाउन सहयोग पुग्ने जनाए ।

कार्यक्रममा कावासोती नगर पालिकाकी उपप्रुमख फुल कुमारी थनेत, सोही नगर पालिकाकी पूर्व उपमेयर प्रेम शंकर मर्दनिया, मध्यविन्दु नगर पालिकाकी उपमेयर ओम कुमारी महतो लगायत अन्य विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

प्रतियोगितामा ७१ टिमको सहभागिता रहेको थियो । यो सहभागिता हाल सम्मकै ठूलो सहभागिता हो । प्रदेश खेलकुद परिषदको सहकार्यमा भएको प्रतियोगितालाई जिल्ला खेलकुद विकास समिति नवलपुरले संयोजन गरेको थियो । प्रतियोगिता थारु कल्याणकारी सभा नवलपुरका अध्यक्ष राम प्रसाद महतोको अध्यक्षतामा भएको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close